[t4b-ticker]

कांग्रेसको हेटौंडा ४ मा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन

हेटांडा – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले हेटौंडा ४ मा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच कांग्रेसको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरेकी हुन् । हेटौंडा ४ स्थित हुप्रचौरको दक्षिणतर्फको एक घरमा ४ नम्बर वडाको निर्वाचन सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको हो ।

-------------- बिज्ञापन ---------------

प्रतिनिधिसभा सदस्यका उम्मेदवार डिनाले अहिले गाउँ शहर सबैतिर कांग्रेसको पक्षमा राम्रो माहौल सृजना भएको बताइन् । ‘विशेष महाधिवेशन पश्चात कांग्रेस बद्लिएको छ । बद्लिएको कांग्रेसले देश बदल्ने योजनासहित अहिले निर्वाचनमा होमिएको छ’, उनले भनिन्, ‘अहिले कहिँकतै गठबन्धन छैन । कांग्रेसले कांग्रेसलाई मत दिन पाउने अवस्था भएको छ ।’

डिनाले आफू निर्वाचनमा पराजय भएपनि मकवानपुरको विकास र समृद्धिका लागि निरन्तर लागिपरेको दावी समेत गरिन् । जनताबाटै अनुमोदित भएर जनताकै काम गर्नका लागि पुनः प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेर आएको उपाध्यायको भनाई थियो ।

नेपाली कांग्रेस हेटौंडा ४ नम्बर वडा सभापति हरि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार पवित्रा विश्वकर्मा, कांग्रेस बागमती प्रदेश सदस्य प्रदीप कोइराला, हेटौंडा उपमहानगर सभापति उत्सव इटेनीसहितका नेताहरुको आतिथ्यता रहेको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले आफ्नो अभियानलाई तीव्र बनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

यो पनि पढ्नुहोस्

आज राष्ट्रिय विभूति सीता जयन्ती मनाईंदै

आज राष्ट्रिय विभूति सीता जयन्ती मनाईंदै