मकवानपुर – विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्ज हेटौँडाको आयोजनामा स्वास्थ्य तथा शैक्षिक सामग्री र आयो नुन वितरण गरिएको छ । रेडियोले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज चौथो दिन मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५, बुङ्दलस्थित श्री सरस्वती प्राथमिक विद्यालयमा पुगेर बालबालिकाहरुलाई उक्त सामग्री वितरण गरेको हो ।
-------------- बिज्ञापन ---------------
उक्त कार्यक्रम रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीको सभाध्यक्षता एवम् साल्ट टे«डिङ कर्पोेरेशन लिमिटेड हेटौँडाका प्रमुख मधुसुधन अधिकारीको प्रमुख आतिथ्यतामा वितरण गरिएको हो । कार्यक्रममा बोल्दै साल्ट टे«डिङ कर्पोेरेशन लिमिटेड हेटौँडाका प्रमुख मधुसुधन अधिकारीले नुनको सही प्रयोग गर्न आवश्यक रहेकोमा जोड दिए । आयोडिनयुक्त नुनको सही प्रयोगले कुनै स्वास्थ्य समस्या नआउने र दुई बालबालिका अंकित आयोडिनयुक्त नुन सेवन गर्न पनि आग्रह गरे ।
राजन अनुरागले स्वागत मन्तव्य राखेको कार्यक्रममा सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बहादुर रुम्बा, विद्यालयका प्रध्यानाध्यापक चर्तुभूज पौडेल, साल्ट टे«डिङ कर्पोेरेशन लिमिटेड हेटौँडाका प्रतिनिधि बासुराम अधिकारीलगायत शिक्षक–शिक्षिका एवम् अभिभावकहरुको उपस्थिति रहेको थियो ।