[t4b-ticker]

प्रजातन्त्र दिवस आज देशभर मनाइँदै

आज देशभर ७६औँ प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। २००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्र बहाली भएको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।
वि.सं. २००७ सालको जनआन्दोलन सफल भएसँगै १०४ वर्ष लामो राणा शासनको अन्त्य भएको थियो। राणाहरूको वंशीय शासनको सट्टा जनताकै तन्त्रमा शासन सञ्चालन हुने उद्घोषसहित देशमा प्रजातन्त्र स्थापना भएको दिनका रूपमा फागुन ७ लाई स्मरण गरिन्छ। जनआन्दोलनमा जनताको सक्रिय सहभागिता र तत्कालीन राजा त्रिभुवन को साथले प्रजातन्त्र बहाली सम्भव भएको थियो। आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेस, राजा त्रिभुवन र राणाबीचको सहमतिपछि जहानियाँ राणा शासनको औपचारिक अन्त्य भएको थियो।

-------------- बिज्ञापन ---------------

प्रजातन्त्र दिवसका अवसरमा काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेल मा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्चपदस्थ पदाधिकारीहरूको उपस्थितिमा विशेष समारोह आयोजना गरिएको छ। दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

यो पनि पढ्नुहोस्

आज राष्ट्रिय विभूति सीता जयन्ती मनाईंदै

आज राष्ट्रिय विभूति सीता जयन्ती मनाईंदै