[t4b-ticker]

हेटौंडा यातायात कार्यालयमा घुससहित दुई जना पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय हेटौंडाबाट घुससहित २ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा कार्यालयमा कार्यरत एक अधिकृत र एकजना बिचौलिया रहेका छन् ।

-------------- बिज्ञापन ---------------

आयोगको हेटौंडा कार्यालयका सूचना अधिकारी बिमोचन घिमिरेले सवारी सरुवा सहमतिको काम गरिदिने नाममा सेवाग्राहीसँग घुस माग गरेको उजुरीपछि खटिएको टोलीले दुईजनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

सूचना अधिकारी घिमिरेले बिचौलियाको भूमिका निर्वाह गर्ने लेखापढी व्यवसायी खगेन्द्र पौडेललाई ११ हजार ५ सय रुपैयाँ लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका पौडेलको बयानका आधारमा घटनामा संलग्न रहेको पाइएपछि अख्तियारले छैटौं तहका अधिकृत अमृत भेटुवाललाई पनि नियन्त्रणमा लिएको हो । दुवैलाई यातायात व्यवस्था कार्यालय हेटौंडाको परिसरबाटै नियन्त्रणमा लिइएको हो ।

आयोगको टोलीले घटनास्थलबाट ३ थान मोबाइल सेट समेत बरामद गरेको जनाएको छ । पक्राउ परेका भेटुवाल र पौडेललाई थप प्रमाण संकलन तथा अनुसन्धानका लागि अख्तियारको केन्द्रीय कार्यालय टंगाल काठमाडौं पठाइने सूचना अधिकारी घिमिरेले जानकारी दिए ।

यातायात कार्यालय हेटौंडामा काम गर्नका लागि घुस दिनुपर्ने गुनासो सर्वसाधारणको रहँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु