[t4b-ticker]

रास्वपाको जित्ने सूचीमा छैन ‘मकवानपुर’

यहि २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिसक्दा दलहरु आन्तरिक जोड घटाउमा लागिपरेका छन् । निर्वाचना होमिएका दलले कुन कुन प्रदेशमा कति सिट जित्न सकिन्छ भन्ने आन्तरिक जोडघटाउ गरिरहेका छन् ।

-------------- बिज्ञापन ---------------

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरबाट प्रत्यक्षमा ५० सिट जित्ने दावी गरिरहँदा मकवानपुरलाई भने जित्ने सुचीमा राखेको छैन ।

२ निर्वाचन क्षेत्र रहेको मकवानपुरमा जित निकाल्न मुस्किल रहेको सूचीमा राखेको तथ्य बाहिरिएको छ । बागमती प्रदेशको ३३ मध्ये १५ सिट जित्ने दावी गरेको रास्वपाले मकवानपुरको दुवै सिट जित्न नसकिनेको सूचीमा राखेको हो ।

बागमतीका मकवानपुर बाहेक चितवनको तीनै सिट, काठमाडौको निर्वाचन क्षेत्र नम्बर ३, ६, ७, ८ र ९ लाई जित सुनिस्चित भएको सुचीमा समावेश गरेको छ । यस्तै काभ्रे, सिन्धुली र सिन्धुपाल्चोकको एकएक वटा, नुवाकोट र धादिङको दुइवटै क्षेत्र जित्न सकिने सुचीमा राखेको छ ।

जित्ने सुचीमा नरहेको तथ्य बाहिरिएसंगै रास्वपाका उम्मेदवार समेत निराश बनेका छन् । रास्वपाले मकवानपुर १ मा माओवादीबाट गएका प्रकाश गौतम र क्षेत्र नम्बर २ मा बालेनको टिमका भनिएका प्रशान्त उप्रेतीलाई उम्मेदवार बनाएको छ ।

जित्ने सुचीमा नहुनुका साथै टिकट वितरणमा आर्थिक लेनदेन गरेको आरोप लगाउँदै पार्टी सभापति भरत पराजुली, नेता निराजन बर्तौला लगायतले रास्वपा छोडेर कांग्रेस प्रवेश गरिसकेका छन् । अन्य नेताहरु समेत रास्वपा छोड्ने तयारीमा रहेको बताइएको छ ।

रास्वपाले जित्ने दावी गरेको ५० मध्ये १६ सिट रहेको सुदुरपश्चिममा ४ वटा, १२ निर्वाचन क्षेत्र रहेको कर्णालीको एक वा दुई, २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा ११ वटा, १८ क्षेत्र रहेको गण्डकीमा ८ क्षेत्र जित्ने दावी गरेको छ । यस्तै ३२ क्षेत्र रहेको मधेशमा ६ वटा र २८ क्षेत्र रहेको कोशीमा ७ वटा जित्ने दावी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु