[t4b-ticker]

को हुन् मकवानपुर क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार डिना ?

वि.सं. २०२१ असोज २० गते जन्मिएकी महालक्ष्मी उपाध्याय डिना विद्यार्थी राजनीतिबाट उदाएकी नेता हुन् । राजनीतिक परिवारमा हुर्किएकी उनको हजुरबुवा उदयनाथ अधिकारी प्रजातन्त्र सेनानी थिए जसले राजनीतिक सक्रियताका कारण १२ वर्ष जेल जीवन बिताएका थिए । राजनीतिमा सानैबाट उत्सुक उनी २०३९ सालमा कन्या माध्यमिक विद्यालय (लैनचौर) बाट एसएलसी उत्तीर्ण गरेपछि औपचारिक रुपमा विद्यार्थी राजनीतिमा लागेकी हुन् ।

-------------- बिज्ञापन ---------------

२०३९ सालमा पद्मकन्या क्याम्पसको नेवि संघ इकाइ सदस्य भएर राजनीतिमा प्रवेश गरेकी थिइन् । २०४२ सालको सत्याग्रहमा सहभागी हुँदा उनी पक्राउ परिन् र ७ महिना केन्द्रीय महिला कारागारमा बन्दी जीवन बिताइन् । जेलमा उनले नेतृ शैलजा आचार्यको निकट हुने मौका पाइन् । रिहा भएपछि उनी २०४३ मा पद्मकन्या क्याम्पसको स्ववियु सभापति पदमा निर्वाचित भएकी थिइन् ।

डनाले पद्मकन्या क्याम्पसबाट बी.ए. र त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर (एम.ए.) गरेकी छिन् । साथै, उनले बेलायतको रिडिङ विश्वविद्यालयबाट ‘ग्रामीण विस्तार र महिला’ विषयमा पोष्ट ग्राजुएट (पीजी) उपाधि हासिल गरेकी छिन् । राजनीतिलाई अघि बढाउने क्रममा २०४७ देखि ५७ सम्म नेपाल महिला संघ मकवानपुरको संस्थापक अध्यक्ष, २०६२ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य र २०७८ सालमा भएको कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री पदमा विजयी भएर काम गरिसकेकी छिन् ।

कांग्रेसको राजनीतिमा राम्रो पहुँचका साथै इमान्दार र विद्यार्थी राजनीतिबाट आएकी उपाध्यायले जलस्रोत राज्यमन्त्रीको भूमिका समेत निर्वाह गरिसकेकी छिन् । उनले दुईपटक संविधानसभा सदस्यको रूपमा संविधान लेखनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।

नेपालको संविधान २०७२ मा महिला अधिकार, पैतृक सम्पत्तिमा समान अधिकार र राज्यका निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न उनले नेतृत्वदायी भूमिका खेलेकी थिइन् । २०६३ सालको अन्तरिम सरकारमा जलस्रोत राज्यमन्त्री हुँदा उनले मकवानपुरका विकट गाउँहरूमा विद्युतीकरण विस्तारमा प्राथमिकता दिएकी थिइन् ।

संविधानसभा सदस्य हुँदा उपाध्यायले संविधान मस्यौदा समितिको सदस्यको रूपमा ‘मौलिक अधिकार र निर्देशक सिद्धान्त’ लेखनमा योगदान पु¥याएकी थिइन् । राजनीतिसँगै सामाजिक कार्यमा समेत उत्तिकै योगदान दिने क्रममा उनले सामुदायिक महिला विकास केन्द्रको अध्यक्ष भएर महिलाको हक अधिकारलाई ग्रामीण क्षेत्रमा बुझाउने र उनीहरुको हकहितमा काम गरेकी छिन् । यो संस्था मकवानपुरको पहिलो गैर–सहकारी संस्थाको रुपमा समेत रहेको छ ।

यस्तै २०५५ सालमा दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था स्थापना गरी संस्थापक अध्यक्ष भएर काम समेत गरिसकेकी छिन् । संविधानमा महिलाका हक अधिकार लेख्न महत्वपूर्ण योगदान दिएकी डिना जनताबाटै अनुमोदित भएर संविधान कार्यान्वयन गर्ने र जिल्लाको समग्र विकासमा लाग्ने सोचसहित यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरको क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धामा रहेकी छिन् ।

उनले एक पटक जिताएर जिल्लाको विकास र समृद्धिको सपना साकार पार्ने अभियानमा साथ दिन जिल्लाबासीलाई अनुरोध समेत गर्दै आएकी छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु