रङहरुको पर्व होली अर्थात् फागु पर्व आज धुमधामका साथ सारा देश भरि नै मनाइदै छ। विशेष गरेर आज होली पहाडका बिभिन्न क्षेत्रमा मनाइने गरिन्छ र भोलि तराईका जिल्लामा होली मनाउने चलन रहेको छ।
-------------- बिज्ञापन ---------------
पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न हुने विश्वास गरिन्छ ।
देशभरिका बिभिन्न जिल्लामा आज रङ, अबीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ।