गत माघ ११ गते भएको निर्वाचनबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका १८ जनाको फागुन २५ गते पद तथा गोपनियताको शपथ हुने भएको छ ।
-------------- बिज्ञापन ---------------
संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले फागुन २५ गते् दिउँसो २ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको हलमा हुने जानकारी दिए ।
प्रवक्ता गिरीले शपथ ग्रहण समारोहमा औपचारिक वा सास्कृति पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगले दिएको प्रमाणपत्र र नागरिकताको प्रतिलिपि एक–एक प्रति लिएर उपस्थितिका सूचना प्रकाशन गरेर आग्रह गरिएको जानकारी दिए।