बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा तयारी पूरा भएको छ। जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार जिल्लाभरका सबै मतदान केन्द्रहरूमा आवश्यक व्यवस्थापन सकिएको छ।
-------------- बिज्ञापन ---------------
हाल मतदान केन्द्रहरूमा बुथ व्यवस्थापन, डोरी टाँग्ने, मतदाताको प्रवेश–निर्गमन मार्ग छुट्याउने तथा मतदान कक्ष व्यवस्थित गर्ने कार्य सम्पन्न भएको छ।
मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थल पनि तयार तयार पारिएको छ। हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय भवनमा मतगणनाका लागि चार वटा कोठा तयारी अवस्थामा रहेको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन्।
मकवानपुरमा दुई अस्थायीसहित कुल ३७६ मतदान केन्द्र स्थापना गरिएका छन्। मतदान कार्य सञ्चालनका लागि ३ हजार ३६६ कर्मचारी खटाइएको छ। ५ सयसम्म मतदाता भएका केन्द्रमा ८ जना, ५ सयभन्दा बढी मतदाता भएका केन्द्रमा ९ जना र अस्थायी मतदान केन्द्रमा ५ जना कर्मचारी परिचालन गरिएको छ।
जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन्।