[t4b-ticker]

हेटौंडामा ग्यासको हाकार

हेटौंडा— देशभर खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै जाँदा हेटौंडामा पनि ग्यासको हाकार देखिएको छ। मध्यपूर्व क्षेत्रमा बढेको तनावको अप्रत्यक्ष असर नेपालमा पनि परेको छ । भारतबाट मागअनुसार ग्यास आपूर्ति नआएपछि हेटौंडाका उपभोक्ताहरू ग्यास सिलिन्डर बोकेर डिलर–डिलर धाउन बाध्य भएका छन्। दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको ग्यास अभावले विद्यार्थी, श्रमिकदेखि व्यवसायीसम्म प्रभावित भएका छन्।

-------------- बिज्ञापन ---------------

हेटौंडाका विभिन्न ग्यास डिलरहरूमा उपभोक्ताहरू खाली सिलिन्डर बोकेर ग्यासको खोजीमा पुगेका देखिन्छन्। तर अधिकांश डिलरहरूले “ग्यास आएको छैन, कहिले आउँछ थाहा छैन” भन्दै उपभोक्तालाई फर्काइरहेका छन्। ग्यास नपाउँदा उपभोक्ताहरू डिलर धाउन बाध्य छन्।

केही डिलरहरूले ग्यास आएपछि वितरण गर्ने भन्दै उपभोक्तालाई कुपन नम्बर बाँड्न थालेका छन्। आपूर्ति कहिले हुने भन्ने अनिश्चितताले उपभोक्तामा थप अन्योल र चिन्ता बढाएको छ।

हेटौंडामा सञ्चालनमा रहेका करिब ३६ वटा ग्यास डिलरमध्ये अधिकांशमा खाली सिलिन्डर थुप्रिएको दृश्य अहिले सामान्य बनेको छ। बजारमा माग उच्च भए पनि आपूर्ति न्यून हुँदा चरम अभाव सिर्जना भएको व्यवसायीहरू बताउँछन्।

हेटौंडामा हाल छ वटा कम्पनीका ग्यास बिक्री–वितरण हुँदै आएको छ। जसअनुसार साहारा ग्यास करिब २८ हजार, बाबा ग्यास १५ हजार, नेपाल ग्यास ३ हजार, साहिबाबा ग्यास ५ हजार, ग्यास वान २ हजार र जानकी ग्यास करिब ५ सय सिलिन्डर वितरण हुदै आएको अनुमान गरिएको छ।

व्यवसायीका अनुसार मासिक साहारा ग्यास करिब २८ हजार सिलिन्डर खपत हुँदै आएकोमा यो महिना ३२ हजार सिलिन्डर बजारमा पुगिसकेको छ। तर पनि बजारमा ग्यास अभाव कायमै छ। डिलरहरूका अनुसार केही उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास स्टक राख्दा समस्या भएको बताउछन् ।

ग्यासको सहज आपूर्ति नभएसम्म बजारमा अभाव कायमै रहने व्यवसायीहरूको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु