इरानबाट क्षेप्यास्त्र र ड्रोन आक्रमणको चेतावनीपछि बन्द रहेको युएईको हवाई क्षेत्र आंशिक रुपमा खुलेको छ । यसअघि युएईको नागरिक उड्डयन मन्त्रालयले निश्चित अवधिका लागि हवाई क्षेत्र बन्द गरिएको जनाएको थियो ।
-------------- बिज्ञापन ---------------
हिजो सोमवार पनि बन्द रहेको हवाई क्षेत्र खुला भएर इतिहाद र ईमिरेट्स वायुसेवाले उडान शुरु गरेको केही समयपछि पुनः हवाई क्षेत्र बन्द गरिएको थियो । बन्द गरिएको हवाई क्षेत्र खुला भएको युएईको सरकारी सञ्चार माध्यमले जनाएको छ ।
तर ओमानले दुबई, दोहा र बहराइनका उडानहरू यहि मार्च ३१ तारिखसम्मका लागि स्थगित गरेको छ ।