मकवानपुरको मनहरी गाउँपालिका ९ स्थित हरियाली सामुदायिक जंगलभित्रको बाटोबाट प्रहरीले १७१ किलो अवैध लागूऔषध गाँजासहित हात्ती गाडी र एकजनालाई पक्रेको छ ।
-------------- बिज्ञापन ---------------
राक्सिराङ गाउँपालिका १ स्थित भाबरबाट मनहरी ९ खरंगा हुँदै पूर्वपश्चिम राजमार्ग तर्फ आइरहेको हात्ती गाडीलाई प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको हो ।
बा.१३ च २०१४ नम्बरको हात्ती गाडीलाई शंकाको आधारमा चेकिङ गर्दा गाडीको पछाडी लोड गरेर ल्याएको २७ वटा प्याकेटमा रहेको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले गाँजासहित गाडी चालक मकवानपुरको राक्सिराङ गाउँपालिका ४ सितताक बस्ने अन्दाजी २० वर्षका अक्कलप्रसाद स्याङ्तानलाई पक्रेको छ ।
ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक दीपक थापाको नेतृत्वको टोलीले गाँजासहित गाडी र चालकलाई पक्रेको हो ।
गाँजासहित पक्राउ परेका स्याङ्तानमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।