पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी छन् ।
-------------- बिज्ञापन ---------------
आइतबार शाक्यले ओलीलाई गैरकानुनी रुपमा थुनामा राखेको जिकीर गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दिएको र दर्ता हुँदै सोमबार पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए ।
उनले अदालतबाट पक्राउ अनुमति समेत नलिएको र जरुरी पक्राउ पुर्जी जारी गरिएको कार्य असंवैधानिक भएको जिकीर गरेकी छन् । प्रधानमन्त्री भइसकेका ओली भाग्ने वा प्रमाण नष्ट गर्ने जस्तै कुनै काम नगर्ने अवस्थामा पनि अनुसन्धान नै सुरु नभएको अभियोगमा पक्राउ गरिएकाले रिहा हुनुपर्ने जिकीर शाक्यले गरेकी छन् ।
उनका अनुसार यसअघि अर्को पनि रिट पेस भएको थियो । शनिबार बिहान प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो ।