[t4b-ticker]

भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

भारतबाट किनमेल गरी नेपाल ल्याइने सामानमा कडाइका साथ भन्सार शुल्क लिने व्यवस्था लागू गरेपछि मधेश प्रदेशका बासिन्दाले असन्तुष्टि जनाएका छन् । यसअघि घरायसी सामान किन्न सीमावर्ती भारतीय बजारमा जाने गरेका उनीहरूले अहिले १०० रुपैयाँभन्दा धेरैको सामानमा कर लिन थालेपछि असन्तुष्टि जनाएका हुन् ।

-------------- बिज्ञापन ---------------

केही दिनदेखि सीमा नाकाहरूमा सुरक्षाकर्मीले माइकिङमार्फत १०० रुपैयाँभन्दा धेरैका सामानमा अनिवार्य भन्सार घोषणा गर्नुपर्ने जानकारी दिइरहेका छन् । नेपाली बजारको तुलनामा भारतीय बजारमा सामान सस्तो पाइने भएकोले उपभोग्य सामान किन्न जाने गरेको सीमा क्षेत्रका बासिन्दा बताउँछन् ।

पर्साको पोखरियाकी सुनिता देवी महँगी बढिरहेका बेला घरायसी सामानमा केही सहजता दिनुपर्ने बताउनुहुन्छ । रामगढवाकी ममता देवी माइतीबाट उपहारमा आउने सामानमा समेत भन्सार तिर्नुपर्ने हुँदा झनै कठिन भएको बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु