नेपाल धितोपत्र बोर्ड को अध्यक्ष छनोट समितिका संयोजक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्। छनोट प्रक्रियामा स्वार्थको द्धन्द्ध उत्पन्न हुन सक्ने अवस्था देखिएपछि उनले नैतिकताको आधारमा जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन्।
-------------- बिज्ञापन ---------------
उनले बुधबार नै आफ्नो राजीनामापत्र अर्थ मन्त्रालय मा बुझाइसकेका छन्।
अर्थ मन्त्रालयमार्फत आह्वान गरिएको नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदका लागि ४७ जनाको आवेदन परेको बताइएको छ। आवेदन दिने व्यक्तिहरूमध्ये केही व्यक्ति डा. भट्टका व्यक्तिगत वा निकट सम्बन्ध भएका रहेकाले निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने अवस्था बनेपछि उनले पद त्यागेको स्रोतले जनाएको छ।
निकट सम्बन्ध भएका व्यक्तिहरू नै प्रतिस्पर्धामा सहभागी भएपछि छनोट समितिमा निरन्तर बसिरहनु उपयुक्त नहुने निष्कर्षसहित उनले मार्गप्रशस्त गरेको बताइएको छ। अध्यक्ष छनोटका लागि गठित समितिमा तीन सदस्य रहेका थिए।