[t4b-ticker]

नीति तथा बजेट निर्माणमा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सञ्चालनमा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा आम नागरिकको सहभागिता बढाउने उद्देश्यले ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ ।

-------------- बिज्ञापन ---------------

आगामी सोमबार सार्वजनिक हुने सरकारको नीति तथा कार्यक्रममा जनताका आवश्यकता, अपेक्षा र प्राथमिकतालाई समेट्दै शासन प्रणालीलाई थप पारदर्शी, उत्तरदायी तथा जनमुखी बनाउने लक्ष्यसहित उक्त डिजिटल प्लेटफर्म सुरु गरिएको हो ।

सरकारले सञ्चालनमा ल्याएको पोर्टलमार्फत देश तथा विदेशमा रहेका नेपाली नागरिक, विज्ञ, निजी क्षेत्र तथा नीति निर्माताले विकासका प्राथमिकता, बजेट विनियोजन र सार्वजनिक सेवासम्बन्धी आफ्ना सुझाव सिधै सरकारसमक्ष पेश गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार नीति निर्माण प्रक्रियालाई सीमित प्रशासनिक घेराभित्र मात्र नराखी आम नागरिकको भावना र सहभागितासँग जोड्ने उद्देश्यले यो पहल गरिएको हो । यसबाट नागरिक र राज्यबीचको दूरी घट्नुका साथै लोकतान्त्रिक सहभागिता थप सुदृढ हुने विश्वास सरकारको रहेको छ ।

पोर्टलमा नागरिकले दिएको सुझावको अवस्थाबारे जानकारी लिन ‘सुझाव ट्र्याक’ गर्ने सुविधा समेत उपलब्ध गराइएको छ । प्राप्त सुझावहरूलाई सम्बन्धित निकायमार्फत गम्भीरतापूर्वक अध्ययन, विश्लेषण र समीक्षा गरी आवश्यक सुझावलाई नीतिगत तथा कार्यक्रमगत रूपमा समावेश गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु