भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

भारतबाट किनमेल गरी नेपाल ल्याइने सामानमा कडाइका साथ भन्सार शुल्क लिने व्यवस्था लागू गरेपछि मधेश प्रदेशका बासिन्दाले असन्तुष्टि जनाएका छन् । यसअघि घरायसी सामान किन्न सीमावर्ती भारतीय बजारमा जाने गरेका उनीहरूले अहिले १०० रुपैयाँभन्दा धेरैको सामानमा कर लिन थालेपछि असन्तुष्टि जनाएका हुन् । केही दिनदेखि सीमा नाकाहरूमा सुरक्षाकर्मीले माइकिङमार्फत १०० रुपैयाँभन्दा धेरैका सामानमा अनिवार्य भन्सार घोषणा गर्नुपर्ने […]
नेप्सेमा नयाँ नियम लागू: अब एकैदिन शेयर मूल्य १५%सम्म घटबढ हुने

शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुनसक्ने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली २०८२’ स्वीकृत भएसँगै नेपाल स्टक एक्सचेन्स (नेप्से) ले यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो । यसअघि यस्तो सीमा १० प्रतिशत मात्र रहेको थियो । नयाँ नीतिअनुसार प्रि–ओपन सेसनको मूल्य सीमा ५ […]
आज आमाको मुख हेर्ने दिन

प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ […]
प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

प्रधानमन्त्री वालेन्द्र शाह ‘टाइम म्यागेजिन’ले सार्वजनिक गरेको १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश हुनु भएको छ । म्यागेजिनले शाहलाई पूर्व ‘हिप–हप’ कलाकारदेखि नेपालको सबैभन्दा कान्छो प्रधानमन्त्री भन्दै दक्षिण एसियाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने व्यक्तिको रूपमा सन् २०२६ को लागि चित्रण गरेको हो । प्रधानमन्त्री शाहको उदय युवा पुस्ताको समर्थन र पुराना राजनीतिक दल तथा संरचनाप्रतिको असन्तुष्टिको […]
केन्द्र सरकारले विद्यालय शिक्षा क्षेत्रका विषय बारेको विवरण माग

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको कार्यान्वयनका लागि विद्यालय समायोजन र नयाँ स्थापना गरिएका विद्यालयको विवरण मागेको छ । केन्द्रले सबै पालिकालाई पत्राचार गरेर सरकारको १०० बुँदे कार्यसूचीअन्तर्गत पर्ने विद्यालय शिक्षा क्षेत्रका विषय बारेको विवरण मागेको हो । केन्द्रले भौगोलिक सूचना प्रणालीको प्रयोगमार्फत वैज्ञानिक नक्साङ्कन गरी जनसङ्ख्याको बदलिँदो स्वरूप, भौगोलिक […]
पोखरामा फेवा नववर्ष महोत्सव शुरु

पोखराको लेकसाइडमा २१औँ संस्करणको फेवा नववर्ष महोत्सव शुरु भएको छ । पर्यटन, संस्कृति र खानालाई प्रवद्र्धन गर्दै आन्तरिक पर्यटनको विकासको लक्ष्यका साथ हिजोदेखि महोत्सव शुरु भएको हो । महोत्सव भोलिसम्म चल्ने आयोजक होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । महोत्सव उद्घाटनका अवसरमा सातै प्रदेशका सांस्कृतिक नाचहरू प्रस्तुत गरिएको थियो । आज खहरेबाट दुलही […]
चौकिटोलमा अवैध मदिरा उद्योगमाथि प्रहरीको छापा

हेटौंडा — जिल्ला प्रहरी कार्यालय मकवानपुर ले हेटौंडा उपमहानगरपालिका–१ चौकिटोलस्थित एक अवैध घरेलु मदिरा उद्योगमा छापा मारेर ठूलो परिमाणमा मदिरा तथा कच्चा पदार्थ बरामद गरेको छ। छापामार कारबाहीका क्रममा उद्योग सञ्चालकसहित ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आइतबार दिउँसो करिब ४ बजे विशेष सूचनाका आधारमा हेटौंडा–१ चौकिटोलस्थित जगतबहादुर घिसिङको जस्ताले बनेको घरमा […]
नेपाली कांग्रेस संसदीय दल नेताको चुनाव चार गते हुने

नेपाली कांग्रेस संसदीय दल नेता चयनको प्रक्रिया वैशाख २ गते शुरू हुने भएको छ । दलको नेता चयनका लागि गठित निर्वाचन समिति संयोजक एवम् कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीकाअनुसार वैशाख २ गते प्रक्रिया शुरू गरेर ४ गते चुनाव गर्ने गरी काम शुरू भएको छ । कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिकबाट गरी ३८ जना सांसद […]
देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ पुर्जी जारी

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी एवम् पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गृह मन्त्रालय स्रोतकाअनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भएको हो । काठमाण्डाै जिल्ला अदालतले हिजै पक्राउ पुर्जी जारी गरेको हो । गएको भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनका क्रममा […]
आज शेयर बजार दोहोरो अङ्कले बढेको छ

हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से ४५ दशमलव १२ अङ्कले बढेर २ हजार ८०२ दशमलव ५२ विन्दुमा पुगेको छ । आज सबै समूहको सूचक बढेकोमा उत्पादन समूहको सूचक सबैभन्दा धेरै ३ दशमलव ८७ प्रतिशतले उकालो लागेको छ । यस्तै होटल तथा पर्यटन, जलविद्युत् समूहको सूचक साढे […]