[t4b-ticker]

अग्रजको सम्मान गर्न जान्नुपर्छ : डिना

नेपाली कांग्रेस थाहा नगर ९ नम्बर वडा समिति चित्लाङकाे आयाेजनामा शनिबार भएको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले अग्रज नेता कार्यकर्ताको सम्मान गर्न जान्नुपर्ने  धारणा राखेकी हुन ।

-------------- बिज्ञापन ---------------

उनले अग्रजको योगदानकै कारण कांग्रेस वर्तमान अवस्था सम्म आइपुगेकोले अग्रजको सम्मान गर्नुपर्ने धारणा राखेकी हुन् ।  ‘यस वडाले अघिल्लो वर्षहरुमा झैं यस वर्ष पनि अग्रजलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । पार्टीमा लामो समय योगदान दिएका अग्रजहरुको योगदानलाई सम्मान गर्न जरुरी छ’, सहमहामन्त्री डिनाले भनिन्, ‘अरु वडा र पालिकाले पनि यस वडाबाट सिक्न जरुरी छ ।

कांग्रेस थाहा ९ नम्बर समितिले सूर्यमान बलामी, उत्तमप्रसाद उपाध्याय, खिन्द्रबहादुर थापालाई सम्मान गरेको हो । यस्तै स्व.बिष्णुलाल गमाल र राजभाई श्रेष्ठलाई मरणोपरान्त सम्मान गरिएको थियो ।
वडा सभापति राजेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका नेताहरु आनन्दराम पराजुली, यतिराज सापकाेटा, भीमम लामा,भरत गाेपाली, उद्ध लामिछाने, खडग गाेपाली, राजेन्द्र बिडारी, भवानी श्रेष्ठ, बिक्रम गाेपाली, दीपक गाेपाली,कर्ण गाेपाली, राममाया खत्रीलगायतले समसामयिक विषयमा मन्तव्य व्यक्त गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिका संयोजक डा. गुणाकर भट्टद्धारा राजीनामा

आज सार्वजनिक बिदा

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

यो पनि पढ्नुहोस्

सुनचाँदीको भाउमा गिरावट

सुनचाँदीको भाउमा गिरावट