[t4b-ticker]

सुन चाँदीमा अतिरिक्त कर विरुद्ध आन्दोलन चर्किंदै, मकवानपुरमा दुई दिन पसल बन्द

हेटौंडा— सरकारले सुन, हिरा तथा बहुमूल्य पत्थरहरूलाई विलासिता वस्तुको सूचीमा राख्दै अतिरिक्त कर लगाएको विरोधमा देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। आन्दोलनको क्रमलाई तीव्र बनाउँदै मकवानपुरका व्यवसायीहरूले पनि दुई दिनका लागि पसल बन्द गरेका छन्। मकवानपुर सुन चाँदी व्यवसायी सङ्घले एक विज्ञप्ति जारी गर्दै आज २९ र भोलि ३० गते जिल्ला भित्रका सम्पूर्ण सुन चाँदी […]

नेपाल प्रेस युनियन मकवानपुरद्वारा ३४औँ स्थापना दिवसको अवसरमा संस्कृत वेद विद्यालयलाई खाद्यान्न सहयोग

नेपाल प्रेस युनियन मकवानपुर शाखाले आफ्नो ३४औँ स्थापना दिवस समाजसेवामूलक कार्य गर्दै विशेष ढंगले मनाएको छ। शाखाले हेटौंडामा अवस्थित एकमात्र संस्कृत वेद विद्यालयमा खाद्यान्न सहयोग गर्दै दिवस मनाएको हो। शाखा अध्यक्ष सुबास बिडारीको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष राममणि दाहाल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा करिब ४० जना बटुकहरूलाई लक्षित गर्दै २० हजार रुपैयाँ बराबरको […]

राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता हेटौंडामा सुरु, चितवनको विजयी सुरुआत

हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरीटार रंगशालामा शुक्रबारदेखि राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता–२०८२ सुरु भएको छ । उद्घाटन खेलमा चितवनले घरेलु टिम मकवानपुरलाई टाइब्रेकरमा ५–४ ले हराउँदै दोस्रो चरणमा स्थान सुरक्षित ग¥यो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा चितवनकी अनिता गुरुङले हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। मकवानपुरकी खुसाना राईलाई रातो कार्ड देखाइएपछि […]

पदमपोखरी ठुलोथली खानेपानी उपभोक्ता समितिको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

हेटौंडा उपमहानगरपालिका–१३, ठुलोथलीमा रहेको पदमपोखरी ठुलोथली खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १५औं वार्षिक साधारण सभा तथा अधिवेशन श्री कालिका आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ । समितिका अध्यक्ष शमशेर वाइबाको सभाध्यक्षता र पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तान प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि मोक्तानले खानेपानी मानव जीवनको आधारभूत आवश्यकता भएकाले यसको […]

नेपालमै पहिलोपटक ‘म्युजिक फर कज’ हेटौडामा हुँदै

नेपालमा पहिलो पटक सामूहिक संगीत प्रस्तुतिसहितको कार्यक्रम ‘म्युजिक फर कज’ यही फागुन २४ गते हेटौडा–५ स्थित क्याम्पा रंगशालामा गरिँदैछ। मिस नेपाल २०२४ का सेकेन्ड रनर–अप आयुष भोम्जनको पहलमा आयोजना हुन लागेको पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । करिब १०० जना संगीतकर्मीहरूले तामाङ, नेवारी, थारु भेषभूषा तथा सारी–चोलो, सुट–पाइन्टमा सजिएर ‘सयौं थुँगा फूलका हामी’, ‘नमुना’, […]

मकवानपुर गढी गाउँपालिका २ नम्बर वडा कार्यालयबाट बैंकिङ सेवामार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु

मकवानपुर फागुन ४–  मकवानपुर गढी गाउँपालिका २ नम्बर वडा कार्यालयबाट आजदेखि बैंकिङ सेवामार्फत सामाजिक सुरक्षा भत्ताको वितरण कार्यक्रम सुरु भएको छ। गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतालले उद्घाटन गर्नुभएको कार्यक्रममा आज १५३ जनाले भत्ता प्राप्त गरेका छन्। यस वडामा आज र भोलि, अर्थात फागुन ४ र ५ गते, भत्ता लिन सकिने व्यवस्था गरिएको छ। भत्ता लिन […]

दोस्रो राष्ट्रिय निर्णय तथा व्यापार महोत्सव २०८१ फागुन ६ गतेदेखि सुरु हुने

निर्माण व्यवसायी संघ मकवानपुरले दोस्रो राष्ट्रिय निर्णय तथा व्यापार महोत्सव २०८१ को आयोजना गर्ने भएको छ। महोत्सव फागुन ६ गतेदेखि १८ गतेसम्म हेटौंडामा सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। महोत्सवले निर्माण व्यवसायसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। निर्माण व्यवसायी संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक […]

हेटौडा उपमहानगरपालिका ३ नम्बर वडालाई माघ १३ गते बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिँदै

हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ लाई निकृष्ट बालश्रम मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ। बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने मूल नाराका साथ यही माघ १३ गते आइतबार घोषणा गरिने पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो। निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त , बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा नगर प्रमुख मिनाकुमारी लामाज्यूको […]

मउवा सघंको अनिल अग्रवालको अध्यक्ष पदको उम्मेदवार सहित प्यानल सार्वजनिक तथा प्रतिबद्धताहरू

मकवानपुर उद्योग वाणिजय संघको हालका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले आफुनो अध्यक्ष पदको उम्मेदवार घोषणा सहित आफ्नो प्यानल सार्वजनिक गरेका छन् । प्रत्येक पदमा प्रत्यक्ष निर्वाचन हुने गरी गरिएको विधान संशोधनसँगैको पहिलो पटकको निर्वाचन गर्मिलो रहेको छ । संघमा वाणिज्यतर्फ, उद्योगतर्फ र एशोसियटतर्फका उम्मेदवारहरु रहेका छन् । संघको यस वर्ष २ हजार ९७ जना मतदाता रहेका […]

मउवासको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रानाभाटले सिंगो प्यानल र प्रतिबद्धता पत्र सार्वजनिक

आसन्न मकवानपुर उद्योग वाणिजय संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बनेका संघका उपाध्यक्ष प्रमोदसिं रानाभाटले आफ्नो प्यानल सहित मैदानमा होमिएका छन् । आइतबार साँझ व्यवसायीहरुको भेलामा उनले आफ्नो उम्मेदवार घोषणासँगै सिंगो प्यानल र प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका हुन । संघमा वाणिज्यतर्फ, उद्योगतर्फ र एशोसियटतर्फका उम्मेदवारहरु रहेका छन् । प्रमोद सिंह राणाभाट सधैं परिवर्तन र […]