[t4b-ticker]

मउवासको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रानाभाटले सिंगो प्यानल र प्रतिबद्धता पत्र सार्वजनिक

आसन्न मकवानपुर उद्योग वाणिजय संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बनेका संघका उपाध्यक्ष प्रमोदसिं रानाभाटले आफ्नो प्यानल सहित मैदानमा होमिएका छन् ।

-------------- बिज्ञापन ---------------

आइतबार साँझ व्यवसायीहरुको भेलामा उनले आफ्नो उम्मेदवार घोषणासँगै सिंगो प्यानल र प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका हुन । संघमा वाणिज्यतर्फ, उद्योगतर्फ र एशोसियटतर्फका उम्मेदवारहरु रहेका छन् ।

प्रमोद सिंह राणाभाट सधैं परिवर्तन र सुधारका पक्षमा रहेको र  देखेको र बुझेको अनुभवलाई अन्य व्यवसायीहरूसँग साझेदारी गर्दै सबैको राम्रोको लागि काम गरिरहेको अवस्थामा  व्यवसायीहरूको हितको लागि अझ ठूलो र महत्वपूर्ण कदम चाल्न आफ्नो उम्मेदवारी अघि सारेको रानाभाटले बताए ।

संघको यस वर्ष २ हजार ९७ जना मतदाता रहेका छन् । अघिल्लो निर्वाचनभन्दा करिब ८ सय मत यस वर्ष कम रहेको संघले जनाएको छ ।

रानाभाटले आफ्नो टिम घोषणा तथा प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, सल्लाहकार नरोत्तम दहाल, सरोज खनाल, हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष नरेन्द्र भण्डारी, संघका पूर्व अध्यक्षहरु हिटलर विषेत, केशव श्रेष्ठ, उत्तम शर्मा ढकाल, माधव रिसाल, अरुणराज सुमार्गी, महासंघका केन्द्रीय सदस्य एंव निवर्तमान अध्यक्ष कृष्ण कटुवाल लगायत संघमा आवद्ध विभिन्न वस्तुगत संघका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

प्रमोद सिंह राणाभाट सहितको प्यानलको टिमको भावी योजनाहरू:

१ सबै व्यवसाय क्षेत्रलाई समेट्नेः जिल्लाभरका ठूला, साना तथा मझौला उद्योग, व्यापार, सेवा क्षेत्र, र उत्पादनमूलक गतिविधिलाई एकीकृत गरी उनीहरूको हकहितका लागि काम गर्ने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

सुनचाँदीको भाउमा गिरावट

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

यो पनि पढ्नुहोस्

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

सुनचाँदीको भाउमा गिरावट

सुनचाँदीको भाउमा गिरावट

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु