[t4b-ticker]

मउवा सघंको अनिल अग्रवालको अध्यक्ष पदको उम्मेदवार सहित प्यानल सार्वजनिक तथा प्रतिबद्धताहरू

मकवानपुर उद्योग वाणिजय संघको हालका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले आफुनो अध्यक्ष पदको उम्मेदवार घोषणा सहित आफ्नो प्यानल सार्वजनिक गरेका छन् ।

-------------- बिज्ञापन ---------------

प्रत्येक पदमा प्रत्यक्ष निर्वाचन हुने गरी गरिएको विधान संशोधनसँगैको पहिलो पटकको निर्वाचन गर्मिलो रहेको छ । संघमा वाणिज्यतर्फ, उद्योगतर्फ र एशोसियटतर्फका उम्मेदवारहरु रहेका छन् ।

संघको यस वर्ष २ हजार ९७ जना मतदाता रहेका छन् । अघिल्लो निर्वाचनभन्दा करिब ८ सय मत यस वर्ष कम रहेको संघले जनाएको छ ।अग्रवालले आफ्नो टिम घोषणा कार्यक्रममा चर्चित गायक बद्री पंगेनीले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए ।

कार्यक्रममा संघका पूर्व अध्यक्षद्धय राजकुमार न्यौपाने, भूवनलाल श्रेष्ठ, भगिरथी शर्मा, वडा नम्बर २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन लगायत संघमा आवद्ध विभिन्न वस्तुगत संघका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

अग्रवाल नेतृत्वको प्यानल रहेका उम्मेदवारहरु
अध्यक्षः अनिल अग्रवाल
महासचिवः विकेशलाल श्रेष्ठ
कोषाध्यक्षः तेजराज अधिकारी
सह९कोषाध्यक्षः राधिका सामरी पाण्डे

वाणिज्यतर्फ
उपाध्यक्षः राजु अधिकारी
सचिवः दिवस पराजुली
सदस्यहरुः रविन ढकाल, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाई, यज्ञ बहादुर राई र महिला आरक्षणमा निलम पाण्डे

एशोसियटतर्फ
उपाध्यक्षः विष्णु खनाल

उद्योगतर्फ
उपाध्यक्षः रवीन्द्र प्रसाद घिमिरे
सदस्यहरुः कृष्णगोपाल महर्जन, दीपक शिवाकोटी, गंगाकुमारी श्रेष्ठ, महिला आरक्षणमा मेनका श्रेष्ठ

वस्तुगततर्फ
उपाध्यक्षः काव्यमणि अधिकारी
सचिवः नेत्रप्रसाद खतिवडा
सदस्यः शम्भु पुडासैनी

अनिल अग्रवाल सहित प्यानलको घोषणापत्र तथा प्रतिबद्धताहरूः

१)व्यवसायको निराशालाई आशामा परिवर्तन गर्ने ठोस कदमहरूः
उद्योग व्यापार र व्यवसायलाई दिगो बनाउन सहयोग पुर्‍याउने ।
स्थानीय स्तरमा नयाँ व्यवसाय सुरु गर्न चाहनेहरूलाई सहजीकरण र प्रेरित गर्ने ।
अन्तर्राष्ट्रिय अनुभव र सफल अभ्यासको आधारमा व्यवसाय प्रवर्धन योजना कार्यान्वयन गर्ने ।
२) सानो व्यावसायिकका समस्या समाधानका लागि कार्यदल गठन ः
कर कर्जा र प्रशासनिक प्रक्रियासँग जोडिएका समस्याको पहिचान र समाधानका लागि संघमा विशेष कार्यदल स्थापना गरिनेछ।
साना व्यवसायीलाई सहुलियतपूर्ण कर्जाको पहुँचमा सहजीकरण गर्ने ।
३) घर तथा राजस्व प्रणालीलाई व्यवस्थित बनाउने ।
व्यवसायीबाट लिइने विभिन्न करको एकरूपता र पारदर्शिता कायम गर्न तीन तहको सरकारसँग सहकार्य गर्ने ।
अनावश्यक कर भार घटाउन सम्बन्धित निकायमा दबाब दिने ।
४) बैंक तथा वित्तीय संस्थामा सुधारको पहल ः
व्यवसायीहरूले लिएको कर्जाको ब्याज र स्थिर राख्न बैंकहरूसँग वार्ता ।
व्यावसायिक ऋणको अवधि लम्ब्याउने र पुन तालिकीकरणको व्यवस्था गराउन दबाब ।
उद्यमशीलता प्रवर्द्धनका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था ।
५) व्यवसायीहरूका लागि एकीकृत सेवा केन्द्र स्थापनाः
व्यवसाय दर्ता नवीकरण र अन्य प्रशासनिक कामलाई संघमार्फत सहज र छिटो गराइने ।
चेम्बर लर्निङ सेन्टर र व्यवसाय विकास सेवा केन्द्र मार्फत व्यवसायीलाई आवश्यक प्रशिक्षण र परामर्श प्रदान गरिने ।
६)कर तथा राजस्व परामर्श केन्द्र स्थापनाः
आन्तरिक राजस्व कार्यालयको परिसरमा परामर्श केन्द्र स्थापना गरी व्यवसायीलाई निःशुल्क सेवा ।
व्यावसायिक कर प्रणालीबारे जनचेतना अभिवृद्धि ।
संघमा नवीकरण दर्ता कर चुक्ताको प्रावधान हटाउने ।
७) सार्वजनिक यातायात व्यवस्थापन सुधारः
मकवानपुर बजारलाई व्यवस्थित गर्ने ओर्लने र चढ्ने स्थान छुट्याउने ।
व्यावसायिक क्षेत्रलाई सवारी आवागमनको सहज पहुँच दिने ।
८) स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्ने ः
मकवानपुरका विशेष उत्पादनहरूलाई अन्तर्राष्ट्रिय मेलामा सहभागी गराउने ।
एक गाउँ एक उत्पादन कार्यक्रम पुनः सञ्चालन गर्ने ।
स्थानीय प्रदर्शनी केन्द्र स्थापना गरी उत्पादनको प्रवर्धन गर्ने ।
९)उद्योग र पूर्वाधारको विकास ः
औद्योगिक क्षेत्र र अटोल्यान्ड स्थापनाका लागि पहल गर्ने ।
विकास निर्माणका कामलाई समयमा सम्पन्न गर्न प्रभावकारी समन्वय गर्ने ।
१० नयाँ र नवप्रवर्तनशील व्यवसायमा जोड ः
युवा उद्यमशीलताको प्रवर्धन ।
कृषि शिक्षा स्वास्थ्य र पर्यटनमा आधारित राष्ट्रिय सम्मेलनहरूको आयोजना ।
११ व्यावसायिक बीमा योजना ः
संघमा आबद्ध व्यवसायीहरूको बीमा गर्ने ।
व्यवसायमा देखिने जोखिम न्यूनीकरण गर्न संघले सहजीकरण गर्ने ।
१२) अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्य विस्तार ः
संघलाई अन्तर्राष्ट्रिय उबासँग भगिनी सम्बन्ध जोड्ने ।
व्यवसायीलाई विदेशमा योजनामा हुने मेलामा सहभागी गराई अन्तर्राष्ट्रिय अवसरको पहुँच दिलाउने ।
हेउनपाद्वारा लगाएको करको दर घटाउन पहल गर्ने ।
१३) संस्थाको संस्थागत विकास ः
संघको विधानलाई समसामयिक आवश्यकता अनुसार सम्बोधन ।
संघलाई जिल्ला स्तरीय साझा संगठनका रुपमा सफल बनाउँदै सदस्यको अपनत्व बढाउने ।
१४ सदस्य व्यवसायीहरूको मागमा आधारित कार्यक्रम योजना गर्ने ः
व्यावसायिक सीप विकास प्रशिक्षण र कार्यशाला ।
स्थानीय स्तरमा व्यावसायिक वातावरण सिर्जना गर्न विभिन्न कार्य योजना ।
जनचाहना र सदस्यको मागलाई दृष्टिगत गरी नयाँ नयाँ कार्यक्रमहरू सञ्चालन गर्ने ।
बसपार्क क्षेत्रमा जमेको पानीलाई निकासको लागि ढल व्यवस्थापन गर्ने ।
१५) राष्ट्रिय स्तरका सम्मेलनहरु आयोजना गर्ने ः
मकवानपुरलाई कृषि पर्यटन र औद्योगिक क्षेत्रमा नयाँ पहिचान दिलाउने ।
१६) ठूलो उद्योगीको उद्योग सुचारु सञ्चालन गर्दा आइपरेका समस्याहरूको पहिचान गरी उद्योग सङ्घ सहकार्यको भूमिका खेली सम्बन्ध विस्तारमा जोड ।
१७)मकवानपुरलाई पर्यटन घोषणा ः
बाहिरबाट आएका र आन्तरिक पर्यटकको लागि कमसेकम दुई दिन हेटौंडामा बस्ने वातावरण बनाई मकवानपुरलाई पर्यटन क्षेत्र घोषणा गर्न पहल गर्ने
१८) सञ्चारकर्मीहरूसँग ः
सञ्चारगृहको विकासको लागि विभिन्न व्यावसायिक प्रतिष्ठानहरूसँग समन्वय गराउने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

सुनचाँदीको भाउमा गिरावट

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

यो पनि पढ्नुहोस्

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

सुनचाँदीको भाउमा गिरावट

सुनचाँदीको भाउमा गिरावट

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु