[t4b-ticker]

दोस्रो राष्ट्रिय निर्णय तथा व्यापार महोत्सव २०८१ फागुन ६ गतेदेखि सुरु हुने

निर्माण व्यवसायी संघ मकवानपुरले दोस्रो राष्ट्रिय निर्णय तथा व्यापार महोत्सव २०८१ को आयोजना गर्ने भएको छ। महोत्सव फागुन ६ गतेदेखि १८ गतेसम्म हेटौंडामा सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

-------------- बिज्ञापन ---------------

महोत्सवले निर्माण व्यवसायसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। निर्माण व्यवसायी संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक बालगोपाल कँडेलका अनुसार महोत्सवको मुख्य उद्देश्य निर्माण सामग्री उद्योगी, विक्रेता र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापना गरी व्यवसाय वृद्धि गर्नु हो। साथै, उत्पादित वस्तुहरूको बजार प्रवर्द्धन र गुणात्मक प्रतिस्पर्धा गर्न सहयोग पुर्‍याउने महोत्सवको प्राथमिकता रहेको बताइएको छ।

महोत्सवमा ३५० स्टल रहने छन्, जसमा निर्माण उपकरण, औद्योगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकलाका सामग्री लगायतका प्रदर्शनी गरिनेछ। महोत्सवले स्थानीय औद्योगिक निर्माण तथा सेवाहरूको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

साथै, महोत्सवका क्रममा विभिन्न कलाकारहरूको मनोरञ्जनात्मक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ। महोत्सवलाई सफल बनाउनका लागि २११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। यो महोत्सवले मकवानपुरको समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षाका साथै निर्माण उद्योग क्षेत्रमा नयाँ सम्भावनाको खोजी गर्ने विश्वास लिईएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु