फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

सरकारले सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा फेरि बढाएको छ । इन्धनको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक गाडीको भाडा बढाएको हो । बढेको भाडा आजदेखि नै लागू हुनेछ । विभागले अन्तरप्रदेश यात्रुवाहक गाडी, पहाडी बाटोमा सञ्चालन हुने र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा ५/५ प्रतिशतका दरले बढाएको छ । […]
हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित पूर्व–पश्चिम राजमार्गमा भएको ट्रक दुर्घटनामा एक सहचालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पर्सा जिल्लाको पर्सागढी नगरपालिका–३, विरुवागुठी निवासी २३ वर्षीय फुलकान्त थारुको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो। प्रहरीका अनुसार ना.७ ख ७०१८ नम्बरको लहरी ट्रक थानाभर्याङमा रोकेर राखिएको अवस्थामा सहचालक थारु अगाडिको सिसा सफा गरिरहेका थिए। सोही […]
महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

हेटौंडामा महिलाका लागि उद्दमशिलता तथा क्षमता विकास सम्बन्धि कार्यक्रम सुरु भएको छ । विकाशका लागि सहकार्य नेपालले सामाजिक विकास कार्यालय हेटौंडा ८ को सहयोगमा उद्घोषण, भाषणकला, माइन्युट तथा प्रस्तावना लेखन तालिमको आयोजना गरेको हो । महिलालाई उद्दमशिलता एवम् क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत १५ दिने तालिमको आयोजना गरिएको हो । विकाशका लागि सहकार्य नेपालका अध्यक्ष आनन्दराम […]
बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

थापाथली बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा आज डोजर चलाइएको छ । बाक्लो संख्या प्रहरी परिचालन गरेर बिहान साढे ८ बजेदेखि डोजर चलाएर अनधिकृत संरचना हटाइएको हो । त्यहाँ बसोबास गर्दै आएका धेरैजसोले हिजो बेलुका नै बस्ती छाडेका थिए । कोहीले आज बिहान सरसामान निकालेका थिए । बिहान बस्तीमा डोजर चल्दा कुनै अवरोध भएन । कतिपय […]
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाईंदै

राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाईंदैछ । हरेक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने सीता उत्पत्ति दिवसका दिन सीतालाई सम्मान गरी मनाउने गरिन्छ । सीतालाई जानकी, वैदेही, जनकनन्दिनी, मिथिला, जनकदुलारी विभिन्न नामले पुकारिन्छ । आदर्श नारी सीताको भूमिकाले सबै नारीलाई सम्मानित बनाएको धर्मशास्त्रविद् तोयराज नेपाल बताउनुहुन्छ […]
आईसीसी नेपालको लगातार दोस्रो जीत

आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवान्डालाई २ विकेटले हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ । रुवान्डाले दिएको ८९ रनको लक्ष्य नेपालले १९ ओभर ४ बलमा ८ विकेट गुमाएर भेटायो । नेपालकी सम्झना खड्काले ४८ रन बनाइन् । रुवान्डाकी जियोभानिस उवासेले ३ विकेट लिइन् । यसअघि रुवान्डा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको […]
मकवानपुरको मनहरी गाउँपालिकाबाटै करदाता सेवा सुरु

मकवानपुर जिल्लामा पहिलो पटक स्थानीय तहबाटै करदाता सेवा औपचारिक रूपमा सुरु गरिएको छ। मनहरी गाउँपालिकाले बुधबार एक कार्यक्रमका बीच व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) जारी गर्ने सहितका सेवा सञ्चालनमा ल्याएको हो। आन्तरिक राजस्व कार्यालय हेटौँडाका प्रमुख युक्तप्रसाद सुवेदी र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीबीच समझदारीपत्रमा हस्ताक्षर भएसँगै सेवाको औपचारिक सुरुवात गरिएको हो। […]
भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

भारतबाट किनमेल गरी नेपाल ल्याइने सामानमा कडाइका साथ भन्सार शुल्क लिने व्यवस्था लागू गरेपछि मधेश प्रदेशका बासिन्दाले असन्तुष्टि जनाएका छन् । यसअघि घरायसी सामान किन्न सीमावर्ती भारतीय बजारमा जाने गरेका उनीहरूले अहिले १०० रुपैयाँभन्दा धेरैको सामानमा कर लिन थालेपछि असन्तुष्टि जनाएका हुन् । केही दिनदेखि सीमा नाकाहरूमा सुरक्षाकर्मीले माइकिङमार्फत १०० रुपैयाँभन्दा धेरैका सामानमा अनिवार्य भन्सार घोषणा गर्नुपर्ने […]
नेप्सेमा नयाँ नियम लागू: अब एकैदिन शेयर मूल्य १५%सम्म घटबढ हुने

शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुनसक्ने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली २०८२’ स्वीकृत भएसँगै नेपाल स्टक एक्सचेन्स (नेप्से) ले यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो । यसअघि यस्तो सीमा १० प्रतिशत मात्र रहेको थियो । नयाँ नीतिअनुसार प्रि–ओपन सेसनको मूल्य सीमा ५ […]
आज आमाको मुख हेर्ने दिन

प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ […]