मनहरीमा प्रहरीमाथि आक्रमण, १ घाईते २ नियन्त्रणमा

मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा प्रहरीमाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने एक जना गोली लागेर घाइते भएका छन्। बुधबार राति करिब ८:५० बजे लागुऔषध सेवन तथा झैझगडा भइरहेको भन्ने सूचना प्राप्त भएपछि पदमपोखरी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ […]
समानुपातिक तर्फकाे मतगणना पनि सम्पन्न

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ। समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्य पनि सुरु भएको आयोगले जनाएको छ। नेपाली काँग्रेसले १७ लाख ४९ हजार पाँच सय ८३, नेकपा (एमाले) ले १४ लाख ४८ हजार आठ सय ५४, नेपाली कम्युनिष्ट पार्टीले आठ […]
सबैभन्दा कान्छा प्रतिनिधि सभा सदस्य बने मकवानपुर–२ का प्रसान्त उप्रेती

हेटौंडा — मकवानपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रसान्त उप्रेती संघीय संसदमा प्रवेश गर्ने सबैभन्दा कान्छा सदस्य बनेका छन्। हाल २५ वर्षका उप्रेती राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट चुनाव जित्दै संसदमा पुगेका हुन्। मकवानपुर–२ बाट प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत प्रतिस्पर्धा गरेका उनले आफ्ना प्रतिस्पर्धीहरूलाई १२ हजार १०१ मत बढी […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका छन् । लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् । लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका हुन् ।
रसुवामा मोहन आचार्य विजयी

नेपाली कांग्रेस रसुवाका उम्मेदवार मोहन आचार्य निर्वाचित भएका छन्। आचार्य १० हजार ६सय ५६ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार वसन्त भट्टले ५ हजार ५ सय ७१ मत मात्र ल्याउन सके। एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा २५ हजार १ सय ३६ जनाले मतदान गरेका थिए।
मकवानपुरमा १०२ वर्षीय वृद्धले खसाले भोट

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हेटौंडा उपमहानगरपालिका–६ का १०२ वर्षीय टीकादत्त पौडेलले मतदान गरेका छन् । उनी हेटौंडास्थित वंशगोपाल माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । उमेरले एक शताब्दी पार गरेका पाैडेलले लोकतान्त्रिक प्रक्रियाप्रतिको प्रतिबद्धता देखाउँदै मतदान केन्द्रसम्म पुगेर मतदान गरेका हुन् । यसपटक उनले छोरा कृष्णप्रसाद पौडेलको सहयोगमा मतदान गरेका हुन् […]
निर्वाचन बहिष्कार अभियानमा संलग्न जिल्ला इन्चार्ज र सचिव पक्राउ

निर्वाचन बहिष्कार अभियानमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी बहुमतका मोरङ जिल्ला इन्चार्ज र जिल्ला सचिवलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार साँझ बहुमतका मोरङ जिल्ला इन्चार्ज सुन्दरहरैँचा नगरपालिका–१० बस्ने ५६ वर्षीय कृष्णप्रसाद चापागाईं र मोरङ जिल्ला सचिव दमक नगरपालिका-५ का ३७ वर्षीय सुमन पौडेललाई कानेपोखरी गाउँपालिका-६ बुद्धचौकबाट प्रहरीले पक्राउ गरेको […]
निर्वाचनका लागि मकवानपुरमा तयारी पूरा

बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा तयारी पूरा भएको छ। जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार जिल्लाभरका सबै मतदान केन्द्रहरूमा आवश्यक व्यवस्थापन सकिएको छ। हाल मतदान केन्द्रहरूमा बुथ व्यवस्थापन, डोरी टाँग्ने, मतदाताको प्रवेश–निर्गमन मार्ग छुट्याउने तथा मतदान कक्ष व्यवस्थित गर्ने कार्य सम्पन्न भएको छ। मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थल पनि तयार तयार पारिएको छ। […]
निर्वाचित राष्ट्रियसभा सदस्यको फागुन २५ गते पद तथा गोपनियताको शपथ हुने

गत माघ ११ गते भएको निर्वाचनबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका १८ जनाको फागुन २५ गते पद तथा गोपनियताको शपथ हुने भएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले फागुन २५ गते् दिउँसो २ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको हलमा हुने जानकारी दिए । प्रवक्ता गिरीले शपथ ग्रहण समारोहमा औपचारिक वा सास्कृति […]
मकवानपुरको मतगणना भूटनदेवी माविको भवनमा हुने

फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको मतगणनास्थल तय भएको छ । हेटौंडा ४ स्थित भूटनदेवी माविको भवनमा मतगणना हुने भएको हो । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना प्रसाशनिक तथा पुरानो भवनमा र क्षेत्र नम्बर २ को मतगणना प्राविधिक भवन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनाको मिति र समय भने मत पेटिका […]