अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

हेटौँडा । मकवानपुर होटल एसोसिएसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु भएको छ। हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्रा चौरको पूर्वतर्फको सडकमा आयोजित चारदिने महोत्सवको आइतबार हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामाले उद्घाटन गर्नुभयो। महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख लामाले सडक खाना महोत्सवले परम्परागत खानाको संरक्षण गर्नुका साथै स्थानीय संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान […]
५१औं दीक्षान्त समारोहमा १६ हजार तीन सय जनाभन्दा धेरै विद्यार्थी दीक्षित

त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहमा १६ हजार तीन सय जनाभन्दा धेरै विद्यार्थी दीक्षित भएका छन् । आज एक समारोहका बीच प्रधानमन्त्री एवम् विश्वविद्यालयकी कुलपति सुशीला कार्कीलगायत शैक्षिक क्षेत्रका अग्रजले उनीहरूलाई दीक्षित भएको घोषणा गर्नुभएको हो । विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार एक सय एक जना विद्यार्थी उत्तीर्ण भएका छन् । त्रिपुरेश्वरमा रहेकाे दशरथ […]
आज क्रिसमस दिवस मनाइँदै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस दिवस श्रद्धा, उत्साह र उल्लासका साथ मनाइरहेका छन्। धार्मिक मान्यताअनुसार आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। यही ऐतिहासिक घटनाको स्मरणमा हरेक वर्ष डिसेम्बर २५ मा क्रिसमस दिवस मनाइँदै आएको छ। नेपालमा भने […]
गैरन्यायिक सडक विस्तारको विरोधमा हेटौँडाका घरजग्गा धनी काठमाडौँमा प्रदर्शन

सरकारले हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र राजमार्ग चौडा गर्ने क्रममा घर भत्काएपछि प्रभावित बनेका घरजग्गा धनीले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। सडक डिभिजन हेटौँडाले गरेको गैरन्यायिक सडक विस्तारको विरोधमा प्रभावित घरधनी तथा अभियन्ताहरू मङ्गलबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले सांस्कृतिक बाजासहित सरकारविरुद्ध प्रदर्शन गर्दै भत्काइएका घर फिर्ता र उचित मुआब्जाको माग गरेका छन्। गत मङ्सिर […]
राप्रपाले मकवानपुर–१ मा दीपक बहादुर सिंहलाई प्रत्यक्षतर्फ सिफारिस गर्यो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट दीपक बहादुर सिंहको एकल नाम सिफारिस गरेको छ। राप्रपा मकवानपुर क्षेत्र नम्बर–१ को क्षेत्रीय समितिको मंगलबार बसेको बैठकले प्रत्यक्षतर्फ सिंहको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो। पार्टीको संसदीय समितिले २०८० मंसिर २८ गते गरेको निर्णयअनुसार क्षेत्रीय समितिले […]
मुख्यन्यायाधिवक्ता अप्सरा बस्नेतको पद तथा गोपनीयताको शपथ ग्रहण

बागमती प्रदेश प्रमुखज्यूको उपस्थितिमा बागमती प्रदेशका मुख्यन्यायाधिवक्ता अप्सरा बस्नेतले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर समक्ष बस्नेतले शपथ लिनुभएको हो। आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ समारोहमा प्रदेश प्रमुख, उच्च अदालत पाटनका […]
नौलो बिहानी कृषि सहकारी संस्थाको १५ औ वार्षिक साधारणसभा सम्पन्न

हेटौँडा उपमहानगरपालिका वडा नम्वर ६ चौघडा, स्थित नौलो बिहानी कृषि सहकारी संस्थाको १५ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा बागमती प्रेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता एवम् सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुङ्गानाको सभाध्यक्षतामा सम्पन्न भएको हो । साधारणसभामा संस्था अध्यक्ष ढुङ्गानाले संस्थागत प्रतिवेदन, उपाध्यक्ष जयराम घिमिरेले ऋण उपसमितिको प्रतिवेदन, कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले आर्थिक […]
क्रिसमसको अवसरमा राक्सिराङ्ग र कैलाश गापाद्वारा सार्वजनिक बिदा

मकवानपुरको इसाई धर्मावलम्बीहरुको बाहुल्यता रहेको दुई गाउँपालिका राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाले इसाई धर्मावलम्वीहरुलाई क्रिसमस पर्व मनाउन यही पुस १०, ११ र १२ गते सार्वजनिक बिदा दिएको छ। कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकामा इसाई धर्मावलम्वीहरुको उल्लेख्य बसोबास रहेको गाउँपालिका भर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी […]
किर्ते नागरिकता बनाएकोमा वडाध्यक्षसहित ७ जनालाई कैद सजाय

किर्ते नागरिकता प्रमाणपत्र बनाएको तथा झुटो विवरण पेश गरी जग्गा नामसारी गरेको कसुरमा जिल्ला अदालत मकवानपुरले वडाध्यक्षसहित सात जनालाई कैद सजाय सुनाएको छ। जिल्ला न्यायाधीश पूर्णिमा कोईरालाको इजलासले आइतबार बकैया गाउँपालिका–४ का वडाध्यक्ष राजन दंगाल, वडा सचिव अनिशा श्रेष्ठ, सोमबहादुर न्यासुर, सानुमान थिङ र जमानसिंह भ्लोनलाई जनही दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना […]
मुख्यमन्त्री बानियाँद्वारा विपन्न चेपाङ परिवारलाई घर हस्तान्तरण

बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिका–४ मा बसोबास गर्दै आएको एक विपन्न चेपाङ परिवारलाई नवनिर्मित घर हस्तान्तरण गरेका छन्। मुख्यमन्त्री पदको सपथ ग्रहण गर्दा आफूले पाउने सेवा–सुविधाबाट खर्च गरेर निर्वाचन क्षेत्रभित्रका विपन्न परिवारलाई घर बनाइदिने प्रतिबद्धताअनुसार मुख्यमन्त्री बानियाँले स्थानीय लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङलाई आईतबार घरको चाबी हस्तान्तरण गरेका […]