[t4b-ticker]

मकवानपुर गढी गाउँपालिका २ नम्बर वडा कार्यालयबाट बैंकिङ सेवामार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु

मकवानपुर फागुन ४–  मकवानपुर गढी गाउँपालिका २ नम्बर वडा कार्यालयबाट आजदेखि बैंकिङ सेवामार्फत सामाजिक सुरक्षा भत्ताको वितरण कार्यक्रम सुरु भएको छ। गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतालले उद्घाटन गर्नुभएको कार्यक्रममा आज १५३ जनाले भत्ता प्राप्त गरेका छन्।

-------------- बिज्ञापन ---------------

यस वडामा आज र भोलि, अर्थात फागुन ४ र ५ गते, भत्ता लिन सकिने व्यवस्था गरिएको छ। भत्ता लिन छुटेका लाभग्राहीहरूले फागुन १२ गतेपछि नबिल बैंकमार्फत भत्ता प्राप्त गर्न सक्ने वडा अध्यक्ष बखानसिंह पाख्रिनले जानकारी दिएका छन्।

यसअघि सामाजिक सुरक्षा भत्ताको वितरण नबिल बैंकमार्फत गरिँदै आएको थियो, तर ज्येष्ठ नागरिक, दलित, अशक्त, असहाय, विधवा जस्ता लाभग्राहीहरूको लागि बैंकमा जान असहज भएकोले सहजताको लागि वडा कार्यालयमै भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको हो।

अघिल्लो आर्थिक वर्षमा १, ७, र ८ नम्बर वडामा भत्ता वितरण सुरु भैसकेको छ , र यस आर्थिक वर्षमा २ नम्बर वडाबाट सेवा सुरु गरिएको छ। गाउँपालिका अध्यक्ष दोर्जे लामाले आगामी आर्थिक वर्षबाट बाँकी वडामा पनि भत्ता वितरण सुरु गर्ने योजना रहेको जानकारी दिएका छन्।

यस वडा अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको संख्या ४१३ रहेको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिका संयोजक डा. गुणाकर भट्टद्धारा राजीनामा

आज सार्वजनिक बिदा

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

यो पनि पढ्नुहोस्

सुनचाँदीको भाउमा गिरावट

सुनचाँदीको भाउमा गिरावट