नेपालमै पहिलोपटक ‘म्युजिक फर कज’ हेटौडामा हुँदै

नेपालमा पहिलो पटक सामूहिक संगीत प्रस्तुतिसहितको कार्यक्रम ‘म्युजिक फर कज’ यही फागुन २४ गते हेटौडा–५ स्थित क्याम्पा रंगशालामा गरिँदैछ। मिस नेपाल २०२४ का सेकेन्ड रनर–अप आयुष भोम्जनको पहलमा आयोजना हुन लागेको पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

-------------- बिज्ञापन ---------------

करिब १०० जना संगीतकर्मीहरूले तामाङ, नेवारी, थारु भेषभूषा तथा सारी–चोलो, सुट–पाइन्टमा सजिएर ‘सयौं थुँगा फूलका हामी’, ‘नमुना’, ‘यो मन त मेरो नेपाली हो’, ‘जीवन हो’ लगायतका प्रेरणादायी गीतहरू एकसाथ प्रस्तुत गर्नेछन्।

यस कार्यक्रमको प्रमुख उद्देश्य मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउनुका साथै नेपाली कला, भाषा,भेष–भुषा र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु हो।

ओखलढुंगा, मकवानपुर, चितवन, बारा, सर्लाही लगायतका विभिन्न जिल्लाबाट संगीतकर्मीहरू सहभागी हुने यस कार्यक्रममा संगीतकर्मीहरूका लागि अपनत्वबोध गराउने गरी रु २०० शुल्क तोकिएको छ भने दर्शकहरूका लागि प्रवेश निःशुल्क गरिएको छ।

यस कार्यक्रमबाट संकलित सम्पूर्ण रकम हेटौडा–१५ स्थित विद्या सदन निकेतन विद्याश्रमलाई सहयोगस्वरूप प्रदान गरिनेछ।

नेपाली संगीत र संस्कृतिको प्रवद्र्धन सबैभन्दा बढी संगीतकर्मीहरुले एकै पटक प्रस्तुति दिने ऐतिहासिकक कार्यक्रम बन्ने भएको हुँदा संगीतप्रेमीहरुलाई सहभागी हुन भोम्जनले आग्रह गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित