[t4b-ticker]

पदमपोखरी ठुलोथली खानेपानी उपभोक्ता समितिको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

हेटौंडा उपमहानगरपालिका–१३, ठुलोथलीमा रहेको पदमपोखरी ठुलोथली खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १५औं वार्षिक साधारण सभा तथा अधिवेशन श्री कालिका आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ । समितिका अध्यक्ष शमशेर वाइबाको सभाध्यक्षता र पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तान प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

-------------- बिज्ञापन ---------------

प्रमुख अतिथि मोक्तानले खानेपानी मानव जीवनको आधारभूत आवश्यकता भएकाले यसको प्रभावकारी व्यवस्थापन अनिवार्य रहेको बताउँदै समितिले स्थानीयस्तरमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

सभाले पुनः शमशेर वाइबाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा दलबहादुर गोले, सचिवमा रामकृष्ण सापकोटा, कोषाध्यक्षमा उमा लोप्चन चयन हुनुभएको छ भने लेखा समिति संयोजकमा सन्तलाल मोक्तान चयन हुनुभएको छ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१३ का वडा अध्यक्ष पेम्बा लामा, हेटौंडा खानेपानी महासंघका सचिव तेजबहादुर पाण्डे, प्रगतिशील मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष श्यामबहादुर थिङ, कालिका आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संगीता वाइबा लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

विगत लामो समयदेखि हेटौंडा–१३ का बासिन्दाहरूलाई स्वच्छ खानेपानी सेवा प्रदान गर्दै आएको यस उपभोक्ता समितिसँग हाल लगभग १,१०० ग्राहक उपभोक्ता रहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिका संयोजक डा. गुणाकर भट्टद्धारा राजीनामा

आज सार्वजनिक बिदा

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

यो पनि पढ्नुहोस्

नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिका संयोजक डा. गुणाकर भट्टद्धारा राजीनामा

नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिका संयोजक डा. गुणाकर भट्टद्धारा राजीनामा

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

सुनचाँदीको भाउमा गिरावट

सुनचाँदीको भाउमा गिरावट