[t4b-ticker]

दाउरा थकालीमा आगलागी

ललितपुरको पुल्चाेकमा रहेकाे दाउरा थकालीमा आगलागी भएकाे छ । आज दिउँसाे दाउरा थकालीकाे माथिल्लाे तलामा आगलागी भएकाे हाे । दमकल र सुरक्षाकर्मीकाे सहयाेगमा अहिले आगाे निभाइसकेकाे ललितपुर प्रहरीले जनाएकाे छ । आगलागीकाे कारण खुलिसकेकाे छैन । आगलागीबाट मानवीय क्षति भएकाे छैन । प्रहरीकाअनुसार क्षतिको विवरण आउन बाँकी छ ।

आज चन्द्रग्रहण लाग्दै

फाल्गुन शुक्ल पूर्णिमाका दिन आज (फागुन १९) बेलुका ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । ग्रहणले मंगलबार दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग)मा उल्लेख छ । चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि खण्डग्रास देखिने समितिका अध्यक्ष […]

अाज सुनकाे मूल्य २५ सय रूपैयाले वृद्धि

नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (फागुन १९) सुनको मूल्य २५ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार, आजका लागि प्रतितोला अाज सुनकने मूल्य २५ सय रूपैयाले वृद्धि तीन लाख २८ हजार ६०० रुपैयाँ तोकिएको छ अाज सुनकने मूल्य २५ सय रूपैयाले वृद्धि ।

चुनावका सामग्री बोकेको गाडी दुर्घटना

रामेछापमा चुनावका सामग्री बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । हिजो मतदान सामग्री र निर्वाचन कर्मचारी भएको गाडी दुर्घटनामा घाइते भएका मतदान अधिकृतकाे पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजन तिमल्सेनाले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा त्यसअघि […]

हेटौंडामा हात्तीगाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक जना घाइते

हेटौंडा – हेटौंडामा हात्तीगाडीको ठक्करबाट एक स्कुटर चालकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्। सोमबार दिउँसो हेटौंडा–१० भुटनदेवी मोडस्थित बाइपास सडकखण्डमा बसपार्कबाट पशुपतिनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ प २७१२ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ६०५३ नम्बरको हात्तीगाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटर चालक हेटौंडा–५ […]

फागु पर्व आज धुमधामका साथ मनाइदै

रङहरुको पर्व होली अर्थात् फागु पर्व आज धुमधामका साथ सारा देश भरि नै मनाइदै छ। विशेष गरेर आज होली पहाडका बिभिन्न क्षेत्रमा मनाइने गरिन्छ र भोलि तराईका जिल्लामा होली मनाउने चलन रहेको छ। पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न हुने विश्वास गरिन्छ […]

को हुन् मकवानपुर क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार डिना ?

वि.सं. २०२१ असोज २० गते जन्मिएकी महालक्ष्मी उपाध्याय डिना विद्यार्थी राजनीतिबाट उदाएकी नेता हुन् । राजनीतिक परिवारमा हुर्किएकी उनको हजुरबुवा उदयनाथ अधिकारी प्रजातन्त्र सेनानी थिए जसले राजनीतिक सक्रियताका कारण १२ वर्ष जेल जीवन बिताएका थिए । राजनीतिमा सानैबाट उत्सुक उनी २०३९ सालमा कन्या माध्यमिक विद्यालय (लैनचौर) बाट एसएलसी उत्तीर्ण गरेपछि औपचारिक रुपमा विद्यार्थी राजनीतिमा लागेकी […]

रास्वपाको जित्ने सूचीमा छैन ‘मकवानपुर’

यहि २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिसक्दा दलहरु आन्तरिक जोड घटाउमा लागिपरेका छन् । निर्वाचना होमिएका दलले कुन कुन प्रदेशमा कति सिट जित्न सकिन्छ भन्ने आन्तरिक जोडघटाउ गरिरहेका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरबाट प्रत्यक्षमा ५० सिट जित्ने दावी गरिरहँदा मकवानपुरलाई भने जित्ने सुचीमा राखेको छैन । २ निर्वाचन क्षेत्र रहेको […]

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सहायता सेवा सम्बन्धित मतदानस्थलमा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । साथै अत्यावश्यक तथा आपतकालीन उपचार […]

हेटौंडा यातायात कार्यालयमा घुससहित दुई जना पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय हेटौंडाबाट घुससहित २ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा कार्यालयमा कार्यरत एक अधिकृत र एकजना बिचौलिया रहेका छन् । आयोगको हेटौंडा कार्यालयका सूचना अधिकारी बिमोचन घिमिरेले सवारी सरुवा सहमतिको काम गरिदिने नाममा सेवाग्राहीसँग घुस माग गरेको उजुरीपछि खटिएको टोलीले दुईजनालाई नियन्त्रणमा लिएको जानकारी दिए । सूचना अधिकारी […]