[t4b-ticker]

मकवानपुर उद्योग वाणिज्य संघको ५९ औं साधारण सभा चैत्र २१ मा, प्रदेशस्तरीय कृषि प्रदर्शनी पनि हुँदै

मकवानपुर उधोग वाणिज्य संघको ५९ औं साधारण सभा चैत्र २१ गते शनिबार हुने भएको छ । फागुन १५ गते बसेको कार्यसमिती बैठकले चैत्र २१ गते शनिबार पल्पसा हलमा साधारण सभा गर्ने निर्णय गरेको संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले बताउनुभयो । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियांको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन हुने संघले जनाएको छ […]

आज गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । चारपटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको विक्रम संवत २०६६ साल चैत ७ गते निधन भएको थियो । राणा शासनको विरोध गरेको आरोपमा बुबा/आमा प्रवासमा रहेका बेला कोइरालाको १९८१ सालमा भारतको टेडीमा जन्म भएको थियो । २०४७ सालको आन्दोलन, २०६२–६३ सालको […]

सुनको भाउ एकैदिन ७ हजार ८०० ले घट्यो

हप्ताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज एकैदिन ७ हजार ८०० ले घटेर तोलाको २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार ३०० रुपैयाँ रहेको थियो । सुनको भाउ तीन दिनयता घटिरहेको छ । अस्ति […]

आजीवन निर्वाह भत्ता लिँदै आएका ११ आजीवन प्राज्ञ सदस्यले अब भत्ता नपाउने

आजीवन निर्वाह भत्ता लिँदै आएका ११ आजीवन प्राज्ञ सदस्यले अब भत्ता नपाउने

नेपाल–प्रज्ञा प्रतिष्ठानबाट आजीवन निर्वाह भत्ता लिँदै आएका ११ आजीवन प्राज्ञ सदस्यले अब भत्ता नपाउने भएका छन् । प्रतिष्ठानको प्राज्ञ परिषद्का कुलपति भूपाल राईको अध्यक्षतामा २०७९ फागुन ११ गते बसेको परिषद् बैठकले आजीवन सदस्यको दोहोरो भत्ता रोक्ने निर्णय गरेकामा त्यसबाट प्रभावित हुने सदस्यहरूले सर्वाेच्च अदालतमा रिट निवेदन दिएका थिए । यही चैत १ गते सर्वाेच्च अदालतबाट […]

युएईको हवाई उडान शुरु

युएईको हवाई उडान शुरु

इरानबाट क्षेप्यास्त्र र ड्रोन आक्रमणको चेतावनीपछि बन्द रहेको युएईको हवाई क्षेत्र आंशिक रुपमा खुलेको छ । यसअघि युएईको नागरिक उड्डयन मन्त्रालयले निश्चित अवधिका लागि हवाई क्षेत्र बन्द गरिएको जनाएको थियो । हिजो सोमवार पनि बन्द रहेको हवाई क्षेत्र खुला भएर इतिहाद र ईमिरेट्स वायुसेवाले उडान शुरु गरेको केही समयपछि पुनः हवाई क्षेत्र बन्द गरिएको थियो […]

बागमती प्रदेशमा साउनदेखि फागुनसम्ममा कुल बजेटको २२.३१ प्रतिशत खर्च

बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको ८ महिनामा १७.१२ प्रतिशत पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले गएको साउनदेखि फागुनसम्ममा कुल बजेटको २२.३१ प्रतिशत खर्च गरेको हो । जसमा चालुतर्फ ३०.५६ प्रतिशत र पुँजीगततर्फ १७.१२ प्रतिशत बजेट खर्च भएको मन्त्रालयका अधिकृत सुरज पौडेलले जानकारी दिनुभयो । चालू आर्थिक वर्ष […]

हेटौंडामा ग्यासको हाकार

हेटौंडा— देशभर खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै जाँदा हेटौंडामा पनि ग्यासको हाकार देखिएको छ। मध्यपूर्व क्षेत्रमा बढेको तनावको अप्रत्यक्ष असर नेपालमा पनि परेको छ । भारतबाट मागअनुसार ग्यास आपूर्ति नआएपछि हेटौंडाका उपभोक्ताहरू ग्यास सिलिन्डर बोकेर डिलर–डिलर धाउन बाध्य भएका छन्। दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको ग्यास अभावले विद्यार्थी, श्रमिकदेखि व्यवसायीसम्म प्रभावित भएका छन्। हेटौंडाका विभिन्न […]

धनुषा–१ मा नेकपाका मातृका यादवलाई विजयी

निर्वाचन आयोगले धनुषा–१ मा नेकपाका मातृका यादवलाई विजयी भएको औपचारिक घोषणा गरेको छ । यस अघि निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र दिएको भएपनि उम्मेदवारी खारेज भएका रास्वपाका उम्मेदवार किशोरी साह कमलको पक्षमा अत्यधिक मत आएपछि आयोगले आफ्नो वेवसाइटमा औपचारिक घोषणा गरेको थिएन । आज आयोगले धनुषा १ मा मातृका यादव विजयी भएको घोषणा गर्दै १ सय […]

राष्ट्रिय लिग फुटबलमा चर्च बोइज युनाइटेडले काँक्रेबिहार क्लबलाई २–१ ले हरायो

राष्ट्रिय लिग फुटबलमा चर्च बोइज युनाइटेडले काँक्रेबिहार क्लबलाई हराएको छ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको आजको पहिलो खेलमा चर्च बोइजले काँक्रेबिहारलाई २–१ गोलले हरायो । यो जीतसँगै चर्च ब्वाइज ८ खेलमा १९ अङ्कसहित दोश्रो स्थानमा उक्लिएको छ । ९ खेलमा १ अङ्क मात्र जोडेको काँक्रेबिहार पुछारबाट दोश्रो स्थानमा छ । अहिले दशरथ रङ्गशालामा सङ्कटा […]

नेकपा एमाले नेता बोल्दा बोल्दै हृदयाघातका कारण निधन

नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटी बैठक जारी रहेकोमा उनी बैठकमा बोल्दा बोल्दै ढलेका थिए। जिल्ला कमिटीको बैठकस्थलमै उनको हृदयाघातका कारण निधन भएको प्रहरीले जनाएको छ।