आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट ६ महिनामा ३ अर्ब २७ करोडभन्दा बढी राजस्व सङ्कलन

हेटौँडा- आन्तरिक राजस्व कार्यालय हेटौँडाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ करोड ८६ लाख १० हजार रुपैयाँले बढी हो। कार्यालयका अनुसार गत महिना मात्रै ८० करोड आठ लाख ९९ हजार रुपैयाँ राजस्व […]
कांग्रेसमा जनताले खोजेजस्तै परिवर्तन आएको छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आमजनताले खोजेजस्तो आफ्नो पार्टीमा परिवर्तन आएको दाबी गरेका छन्। शनिबार काठमाडौंको क्षेत्र नम्बर ५ मा आयोजित चुनावी सभामा बोल्दै उनले उक्त दाबी गरेका हुन् । नेपाली कांग्रेसका क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले देशलाई रुपान्तरण गर्ने गरी कांग्रेसको नीति र नेतृत्व परिवर्तन भएको उल्लेख गर्दै देशको रुपान्तरण […]
सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीद्वारा पत्रकार राममणि दाहाल सम्मानित

हेटौँडा – हेटौँडा उपमहानगरपालिका–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी माध्यमिक विद्यालयले आफ्नो ३३ औँ अभिभावक दिवस एवं विज्ञान प्रदर्शनीको अवसरमा पत्रकार राममणि दाहाललाई ‘सोलिड्यारिटी शैक्षिक पत्रकारिता सम्मान २०८२’ प्रदान गरेको छ। शुक्रबार आयोजित विशेष कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष तथा गोरखापत्रका बागमती प्रदेश संयोजकसमेत रहेका दाहाललाई सञ्चार क्षेत्रमार्फत मकवानपुर जिल्लाको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान […]
चुनाव ताेकिएकै समयमा एकै दिन हुने

प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा प्रतिनिधिसभा सदस्यकाे चुनाव हुनेमा ढुक्क हुन सबैमा आग्रह गर्नुभएको छ । मतपत्र छपाइ स्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि प्रधानमन्त्री कार्कीले चुनाव निर्वाचन एकै चरणमा हुने भन्दै निश्चिन्त रहनसमेत सबैमा आग्रह गर्नुभयो । कार्कीले चुनावकाे समयमा सबै भूगोलको मौसमसमेत अनुकूल रहने विश्वास व्यक्त गर्दै सबै मतदाताले निर्बाध रूपमा मतदान गर्न […]
रम्तेल र राईलाई रेडियो मकवानपुरको सामुदायिक सम्मान

हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल र हेटौंडाकी अग्रज महिला उद्दमी ताराकुमारी राईलाई रेडियो मकवानपुरले सामुदायिक सम्मान प्रदान गरेको छ । रेडियो मकवानपुरको १६ औं वार्षिकोत्सव एवम् रेडियोको सञ्चालक संस्था दिव्यतारा सहकारीको २८ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समापनमा रम्तेल र राईलाई जनही नगद १० हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको हो […]
प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा तिन हजार बढि कर्मचारी परिचालन हुने

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लामा तीन हजारभन्दा बढी कर्मचारी खटाइने भएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लाका ३७४ मतदान केन्द्रमा स्वयंसेवकसहित तीन हजार ३६६ कर्मचारी निर्वाचन अवधिभर परिचालन हुने भएका हुन् । बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार प्रत्येक मतदान केन्द्रमा निर्वाचन आयोगबाट छ जना […]
मकवानपुरगढीमा किशोरीलाई एचपिभी खोप अभियान माघ २६ गतेबाट सञ्चालन हुने

पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरूलाई जोगाउने उद्देश्यसहित राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत मकवानपुरगढी गाउँपालिकामा १९३ जना छात्रालाई एचपिभी खोप लगाइने भएको छ । गाउँपालिका स्तरीय खोप समन्वय समितिले आज अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै माघ २६ देखि २८ गतेसम्म खोप सेवा सञ्चालन गरिने जानकारी दिएको हो । अभियान अन्तर्गत पालिकाभित्रका १६ वटा सामुदायिक विद्यालय र १ वटा संस्थागत […]
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुने भएका छन् । सरकारले स्वीकृत गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा परिचालन हुन लागेका हुन् । […]
मिडिया कप फुट्सलको उपाधि टिम टेलिभिजनलाई

रेडियो मकवानपुरले आयोजना गरेको छैठौं मिडिया कप फुट्सलको उपाधि टिम टेलिभिजनले जितेको छ । नेपाल पत्रकार महासंघ मकवानपुरलाई ५–३ गोलले हराउँदै टिम टेलिभिजनले उपाधि जितेको हो । निर्धारित समय २–२ गोलको बराबरी भएको थियो । थपिएको समयमा टिमले गोल गर्दै जित सुनिश्चित गरेको हो । टिमलाई जिताउने क्रममा मनिष खड्काले ४ र विश्वास विश्वकर्माले एक […]
दुई चरणमा निर्वाचन हुन सक्ने : प्रधानमन्त्री सुशीला कार्की

प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुने बताएकी छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१ हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपश्चात् प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीहरूसँगको कुराकानीमा भनिन्, ‘निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्छ, विषेशगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउँछौं।’ कम मतदाता भएका स्थानमा सवारीसाधनको प्रयोग […]