[t4b-ticker]

बालज्योति माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा विविध कार्यक्रमको आयोजना

हेटौंडा–५, मा रहेकाे श्री बालज्योति माध्यमिक विद्यालयले आफ्नो ५० औँ वार्षिकोत्सव (स्वर्ण जयन्ती)को अवसरमा माघ १९ गतेदेखि २८ गतेसम्म विविध शैक्षिक, सामाजिक, सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरू आयोजना गरिरहेको छ। स्वर्ण जयन्ती समारोह अन्तर्गत आज दोस्रो दिन विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको सहभागितामा साइकल र्‍याली सम्पन्न भएको छ। विद्यालय प्राङ्गणबाट सुरु भएको र्‍याली क्याम्पा स्टेडियमसम्म पुगेर औपचारिक […]

रेडियो मकवानपुरको वार्षिकोत्सवमा निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरसंवाद

हेटौंडाको पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले आफ्नो १६ औँ वार्षिक उत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथौं दिन आचारसंहिता सम्बन्धि अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको छ । सोमवार रेडियोमा बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरी प्रसाद ढकालसँग निर्वाचन आचारसंहिता सम्बन्धि अन्तरसंवाद कार्यक्रम गरिएको हो । अन्तरसंवाद कार्यक्रममा प्रमुख ढकालले निर्वाचनमा भाग लिने उम्मेद्वारदेखि सरोकारवाला निकायहरुका लागि […]

कर्णाली प्रदेशमै पहिलो पटक १ सय ३२ केभी प्रसारण लाइन सञ्चालनमा

 नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशमै पहिलो पटक १ सय ३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोहलपुर–सुर्खेत–दैलेख १ सय ३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर–सुर्खेत १ सय ३२ केभी प्रसारण लाइन सञ्चालनमा आएसँगै प्रदेशको आर्थिक वृद्धिमा मद्दत पुग्ने विश्वास गर्नुभयो । उहाँले विगतमा ३३ केभी क्षमताको प्रसारण लाइनबाट […]

रेडियो मकवानपुरद्वारा सञ्चारिकालाई सेनेटरी प्याड वितरण

हेटौंडाको पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले आफ्नो १६औँ वार्षिक उत्सवको अवसरमा सञ्चालन भइरहेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन सञ्चारिका समूह मकवानपुरलाई सेनेटरी प्याड वितरण गरेको छ। रेडियो मकवानपुरका सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुली, स्टेसन म्यानेजर गणेशदर्पण अधिकारी तथा कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङसहितको टिमलाई […]

निर्वाचन सुरक्षाका लागि प्रहरीले सेनासँग पेस्तोल सापटी माग्यो

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीले नेपाली सेनासँग पेस्तोल सापटी मागेको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार निर्वाचन सुरक्षाका लागि आवश्यक हतियार अपुग भएपछि करिब ३ हजार थान पेस्तोल सेनासँग सापटी मागिएको हो। प्रहरी प्रधान कार्यालयका एक अधिकृतले हतियार सापटी मागिएको पुष्टि गरे पनि संख्याबारे औपचारिक रूपमा खुलाउन […]

भारतले नेपाललाई दिने वार्षिक अनुदान बढायो

भारत सरकारले आर्थिक वर्ष २०२६–२७ का लागि नेपाललाई ८ अर्ब भारतीय रुपैयाँ अनुदान विनियोजन गरेको छ। आइतबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले संसद्‌मा प्रस्तुत गरेको केन्द्रीय बजेटअनुसार यो रकम गत वर्षको तुलनामा १ अर्ब भारतीय रुपैयाँले बढी हो। भारतले आर्थिक पुनरुत्थानमा रहेका मुलुकलाई सहयोग गर्ने उद्देश्यले नेपालसहित भुटान, श्रीलंका लगायतका देशमा अनुदान वृद्धि गरेको जनाएको छ। […]

इरानमा रहेका नेपालीहरूलाई स्वदेश फर्कन आग्रह

इरानमा रहेका नेपालीहरूलाई तत्काल स्वदेश फर्कन सरकारले आग्रह गरेको छ । इरानमा विकसित पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ निकालेर नेपाली नागरिकलाई इरान भ्रमणमा नजान र त्यहाँ रहेका नेपालीलाई तत्काल देश छाड्न आग्रह गरेको हो । मन्त्रायलले इरानबाट आपत्कालीन अवस्थामा बाहिरिन सहज होस् भनेर राहदानी र परिचयपत्रलगायतका यात्रा कागजातहरू तयारी अवस्थामा राख्न भनेको […]

शेयर बजार २ हजार ७ सय विन्दुमा

अाज शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ८५ अङ्कले घटेर २ हजार ६ सय ९४ दशमलव २० विन्दुमा झरेको छ । आज व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर सबैभन्दा धेरै १ दशमलव ७५ प्रतिशतले ओरालो लागेको छ । आज २ सय १ वटा कम्पनीको […]

डिजेल/मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढ्याे

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आइतबार बिहानदेखि लागू हुने गरी मूल्य बढाइएको हो। डिजेल/मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको छ। पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ।

कपडा व्यवसायी संघद्वारा वैदिक सांस्कृतिक गुरुकुलममा न्यानो कपडा वितरण

कपडा तथा तयारी पोशाक व्यवसाय सङ्घले हेटौंडा उपमहानगरपालिका–१८ स्थित वैदिक सांस्कृतिक गुरुकुलम्मा अध्ययनरत संस्कृत विद्यार्थी (बटुक) तथा शिक्षकलाई न्यानो कपडा वितरण गरेको छ । शनिबार आयोजित कार्यक्रममा संस्कृत विद्या अध्ययन गरिरहेका बटुकहरू र शिक्षकहरू गरी १९ जनालाई न्यानो कपडा वितरण गरिएको हो । जाडोमा अध्ययनरत विद्यार्थी तथा शिक्षकलाई अध्ययनमा सहज होस् भन्ने उद्देश्यले कपडा सहयोग […]