सार्वजनिक यातायात भाडामा वृद्धि

सरकारले सार्वजनिक यात्रुवाहक तथा मालवाहक गाडीकाे भाडा बढाएकाे छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सैद्धान्तिक सहमति दिएसँगै यातायात व्यवस्था विभागले भाडा समायाेजन गरेर अन्तर प्रदेश भाडा सूची सार्वजनिक गरेकाे हाे । मन्त्रालयको निर्णयअनुसार यात्रुवाहक गाडीमा १६ दशमलव ७१ प्रतिशत भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २१ दशमलव ६८ र तराईको […]
निगमलाई १५ दिनमै झन्डै १७ अर्ब रुपैयाँ घाटा

परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको द्वन्द्वका कारण उत्पन्न परिस्थिति र त्यसले नेपालको अर्थतन्त्रमा पारेको बहुआयामिक प्रभावबारे जानकारी गराउनुभएको छ । संसद् भवन परिसरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेकाले नेपाल आयल निगम गम्भीर सङ्कटमा परेको बताउनुभयो । पछिल्लो विश्लेषणअनुसार १५ दिनमै निगमलाई झन्डै १७ अर्ब रुपैयाँ घाटा हुने स्थिति […]
शेयर बजार परिसूचक नेप्से २ हजार ६७६ दशमलव ६८ विन्दुमा

हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से १०५ दशमलव ५० अङ्कले घटेर २ हजार ६७६ दशमलव ६८ विन्दुमा झरेको छ । योसँगै नयाँ सरकार गठन भएयता नेप्से चार कारोबार दिन घटेको छ भने दुई कारोबार दिन बढेकाे छ । समग्रमा नयाँ सरकार गठन भएयता नेप्से २७३ अङ्कले घटेको छ […]
लुम्बिनी प्रदेशले नेपाल पुलिस क्लबलाई ५० रनले हरायो

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले नेपाल पुलिस क्लबलाई ५० रनले हराएकाे छ । लुम्बिनीले दिएको २५७ रनको लक्ष्य पछ्याएको पुलिसले ४२ ओभर ५ बलमा २०६ रन बनाउँदा सबै विकेट गुमायो । पुलिसका दिनेश खरेलले ९४ रन बनाए । लुम्बिनीका अजय चौहानले ४ विकेट लिए । यसअघि वीरगञ्जमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले ४९ […]
ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा परेको छ । सर्वाेच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा आज शुरू भएको सुनुवाइमा ओली र लेखकको तर्फबाट वकिलहरूले बहस गरेका छन् । बहस नसकिएपछि रिट हेर्दाहेर्दैमा रहेको हो । गएकाे भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका घटनाबारे जाँचबुझ […]
सहकारी दिवसमा हेटौंडामा रक्तदानः ३४ जनाको सहभागिता

६९औँ राष्ट्रिय सहकारी दिवस–२०८२ को अवसरमा हेटौंडामा आयोजित रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन्। राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति–२०८२ को आयोजनामा बुधबार सम्पन्न कार्यक्रममा ९ महिला र २५ पुरुषले सहभागिता जनाएका हुन्। कार्यक्रम मूल समारोह समितिका संयोजक नारायण प्रसाद देबकोटाको अध्यक्षता तथा बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय हेटौंडाका महाशाखा प्रमुख उमेश […]
गर्भवती महिलाको हेलिकप्टरबाट आपतकालीन उद्धार,

बागमती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाको पहलमा रामेछापबाट गर्भवती एक महिलाको हेलिकप्टरबाट आपतकालीन उद्धार गरिएको छ । रामेछापको मन्थली–१ की ३५ वर्षीया गर्भवती बेलीमाया तामाङलाई मंगलबार मन्थली अस्पतालबाट हेलिकप्टरमार्फत आपतकालीन उद्धार गरिएको छ । मन्थलीको अस्पतालमा पाँच दिनसम्म उपचार भएको र मंगलबार पेटको बच्चा नचलेका कारण तत्कालै उपचार गर्नुपर्ने भएकाले हेलिकप्टरमार्फत उद्धार गरिएको स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक […]
निगमले हवाई इन्धनको भाउ बढाएको छ

नेपाल आयल निगमले हवाई इन्धनको भाउ बढाएको छ ।निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२४ रुपैयाँले बढाएको हाे । साविकमा प्रतिलिटर १२७ रुपैयाँ रहेको आन्तरिकतर्फको हवाई इन्धन बढेसँगै प्रतिलिटर २५१ रुपैयाँ पुगेको छ । यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोमिटर ८१९ अमेरिकी डलर प्रतिकिलोलिटरले बृद्धि भएको छ ।
आईपीएलमा पञ्जाब किङ्सको विजयी सुरुआत

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्सले विजयी शुरुवात गरेको छ । न्यु चन्डीगढमा हिजो भएको खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ३ विकेटले हरायो । गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै १६२ बनाएको थियो । जितका लागि १६३ रनको लक्ष्य पछ्याएको पञ्जाबले १९ ओभर १ बलमा ७ विकेट गुमाउँदै भेट्टायो । उसका कूपर कोनोलीले डेब्यूमै उत्कृष्ट […]
बागमती प्रदेशसभाको सभामुख पदमा नेपाली कांग्रेसले दाबी

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेशसभा बैठक एक साताभित्र सञ्चालन गर्न प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । दलका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा काठमाडौंमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले बागमती प्रदेशसभाको सभामुख पदमा नेपाली कांग्रेसले दाबी गर्ने निर्णय पनि गरेको छ । सभामुख पदका विषयमा […]