कांग्रेस उम्मेदवार डिनाको संकल्पपत्र सार्वजनिक

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले आफ्नो संकल्पपत्र सार्वजनिक गरेकी छिन् । आफू निर्वाचित भएपश्चात गर्ने कार्य र आफ्नो प्राथमिकतालाई समेटेर उनले संकल्पपत्र सार्वजनिक गरेकी हुन् । उनको संकल्पपत्रमा विभिन्न ९ वटा बुँदालाई समेटिएको छ । सुशासन र लोकतन्त्रको रक्षा अन्तर्गत […]

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सरकारले देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको पूर्वसन्ध्या, निर्वाचनको दिन र त्यसको भोलिपल्ट गरी फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। निर्वाचन आयोगको सिफारिस बमोजिम सरकारले यो निर्णय लिएको हो। आफ्नै गृहजिल्ला […]
रेडियो थाहा सञ्चारको १८औँ वार्षिकोत्सव सम्पन्न

विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्ज हेटौँडाले १८ औं वार्षिकोत्सव मनाएको छ । रेडियोले सप्याहव्यापी कार्यक्रमको आयोजना गरि आफ्नो वार्षिकोत्सव कार्यक्रम मनाएको हाे । रेडियोका संचालक अरुणराज सुमार्गीको सभाध्यक्षतामा भएको कार्यक्रममा सर्वोत्तम संचिति बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष रामबहादुर बस्नेतलाई थाहा वर्ष सम्मान २०८२ प्रदान गरिएको थियो रेडियोले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो […]
प्रजातन्त्र दिवस आज देशभर मनाइँदै

आज देशभर ७६औँ प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। २००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्र बहाली भएको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। वि.सं. २००७ सालको जनआन्दोलन सफल भएसँगै १०४ वर्ष लामो राणा शासनको अन्त्य भएको थियो। राणाहरूको वंशीय शासनको सट्टा जनताकै तन्त्रमा शासन सञ्चालन हुने उद्घोषसहित देशमा प्रजातन्त्र स्थापना […]
नेपाली कांग्रेसले १० बुँदे प्रतिज्ञा पत्र सार्वजनिक

नेपाली कांग्रेसले १० बुँदे प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। जनकपुरमा आयोजित कांग्रेसको प्रतिज्ञा सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन्। कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि जनकपुरमा आयोजित सभाबाट कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गरेको हो। पतिज्ञापत्रमा जेनजीको माग भ्रष्टाचार विरोधी भावनालाई सम्बोधन गरिएको कांग्रेसले जनाएको छ। कांग्रेसले प्रतिज्ञापत्रमा पाँच […]
रेडियो थाहाको आयोजना स्वास्थ्य तथा शैक्षिक सागम्री विवरण

मकवानपुर – विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्ज हेटौँडाको आयोजनामा स्वास्थ्य तथा शैक्षिक सामग्री र आयो नुन वितरण गरिएको छ । रेडियोले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज चौथो दिन मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५, बुङ्दलस्थित श्री सरस्वती प्राथमिक विद्यालयमा पुगेर बालबालिकाहरुलाई उक्त सामग्री वितरण गरेको हो । […]
कांग्रेसको हेटौंडा ४ मा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन

हेटांडा – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले हेटौंडा ४ मा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच कांग्रेसको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरेकी हुन् । हेटौंडा ४ स्थित हुप्रचौरको दक्षिणतर्फको एक घरमा ४ नम्बर वडाको निर्वाचन सम्पर्क कार्यालय […]
जनता समाजवादी पार्टीका नेताहरू नेपाली कांग्रेमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा) का समानुपातिक उम्मेदवारसमेत रहेका केन्द्रीय सदस्यसहित नेताहरू नेपाली कांग्रेमा प्रवेश गरेका छन्। जसपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार नानु थामी, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेद्वार सुस्मिता थापामगरसहित नेताहरू आइतबार कांग्रेसमा प्रवेश गरेका हुन्। कांग्रेस पार्टी कार्यालय बिपीनगर सानेपामा आइतबार उपसभापति विश्वप्रकाश शर्माले नवप्रवेशी नेताहरूलाई स्वागत गरे। थामी र […]
मकवानपुर–१ मा डिनाको प्रतिबद्धता: “जनताबाट अनुमोदित भएर जनताकै बीचमा ५ वर्ष काम गर्छु”

हेटौँडा- नेपाली कांग्रेसको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले जनताबाट अनुमोदित भएर जनताकै हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। कांग्रेसले हेटौँडा–४ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सांसद बन्नकै लागि मात्र निर्वाचनमा होमिएको नभई जनताका मुद्दा समाधान गर्न आएको स्पष्ट पारिन्। उनले भनिन्, “आज कांग्रेसको निर्णयले मुलुक निर्वाचनमय बनेको छ। […]
रेडियो थाहाको आयोजना सरसफाई कार्यक्रम सम्पन्न

मकवानपुर – रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्ज हेटौँडाको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज पहिलो दिन हेटौंडा–१ स्थित फलफूल तथा तरकारी बजार परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो । रेडियोका सञ्चालक अरुणराज सुमार्गीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता तथा हेटौँडा–१ का वडाध्यक्ष सविन […]