पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध श्रीमती राधिका शाक्यद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी छन् । आइतबार शाक्यले ओलीलाई गैरकानुनी रुपमा थुनामा राखेको जिकीर गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दिएको र दर्ता हुँदै सोमबार पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए । उनले अदालतबाट पक्राउ अनुमति समेत नलिएको र जरुरी पक्राउ पुर्जी जारी गरिएको कार्य असंवैधानिक भएको […]
नेकपा एमालेको आज पनि विभिन्न जिल्लामा प्रदर्शन

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा नेकपा एमालेले आज पनि विभिन्न जिल्लामा प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार जिल्ला कमिटीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउनुका साथै नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् । ज्ञापनपत्र बुझाउन जाने क्रममा धेरै जिल्लामा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेलसमेत भएको छ । एमालेको प्रदर्शनका कारण काठमाण्डाैको माइतीघर–बबरमहल सडकमा अवरोध […]
बकैयामा अवैध चुनढुंगा उत्खनन : पाँच जनाविरुद्ध वन मुद्दा, दुई फरार

मकवानपुरको बकैया गाउँपालिकामा अवैध चुनढुंगा उत्खनन प्रकरणमा डिभिजन वन कार्यालय मकवानपुरले पाँच जनालाई दोषी किटान गर्दै वन मुद्दा लगाएको छ । चुनढुंगा उत्खननका लागि राष्ट्रिय वन क्षेत्र मासेर सडक खनिएको र सडक खन्दा निस्कएको माटोले बोटबिरुवा मासिएको सब डिभिजन वन कार्यालय बकैयाको स्थलगत जाँचबुझ अनुसन्धानबाट पुष्टि भएपछि पाँच जनालाई प्रतिवादी बनाएर वन मुद्दा चलाइएको हो […]
छिनछिनमा बिजुली आपूर्ति अवरुद्ध हुने समस्यामा सुधारकाे प्रयासमा : प्राधिकरण

छिनछिनमा विद्युत् जाने अर्थात् ‘ट्रिपिङ’ र विद्युत् रोकावट हुने समस्यामा सुधार आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार अघिल्लो वर्षको साउनदेखि फागुन मसान्तसम्मको तुलनामा यस वर्षको त्यही अवधिमा ट्रिपिङको सङ्ख्या १८ प्रतिशत र अवरोधको समय ३३ प्रतिशतले घटेको हो । प्राधिकरणका अनुसार देशभर गरी अघिल्लो आर्थिक वर्ष ६८७ पटक ट्रिपिङ भएकोमा यस वर्षको त्यही […]
नवनिर्वाचित सांसदहरुको पद तथा गोपनीयताको शपथ हुँदै

आज प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ हुँदैछ । दिउँसो २ बजे हुने शपथका लागि सबै तयारी पूरा भएको छ । सांसदहरुलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम तय भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले हिजो ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । प्रतिनिधिसभा सदस्यको पद तथा […]
सर्वोच्चको फैसला नआएपनि लामिछानेलाई शपथ खुवाउने तयारी

सांसदको शपथको दिन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हकमा के हुन्छ भन्ने जिज्ञासा सर्वत्र छ । लामिछानेविरूद्व रहेको सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्वीकरणको मुद्दा विचाराधीन छ । संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध मुद्दा परेकोमा हेर्दाहेर्दैमा रहेको छ । आज पनि सुनुवाई भएकोमा नसकिएपछि शपथकै […]
१७१ किलो गाँजासहित एकजना पक्राउ

मकवानपुरको मनहरी गाउँपालिका ९ स्थित हरियाली सामुदायिक जंगलभित्रको बाटोबाट प्रहरीले १७१ किलो अवैध लागूऔषध गाँजासहित हात्ती गाडी र एकजनालाई पक्रेको छ । राक्सिराङ गाउँपालिका १ स्थित भाबरबाट मनहरी ९ खरंगा हुँदै पूर्वपश्चिम राजमार्ग तर्फ आइरहेको हात्ती गाडीलाई प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको हो । बा.१३ च २०१४ नम्बरको हात्ती गाडीलाई शंकाको आधारमा चेकिङ गर्दा गाडीको पछाडी […]
भिरबाट लडेर एकजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रसरोवर ३ जातीपोखरी बस्ने ९ वर्षीया लमिना वाइबा रहेकी छिन् । घाँस काट्न घरबाट करिब आधा किलोमिटर पर गएकी स्थानीय वीरेन्द्र वाइवाको छोरी लमिना भिरबाट लडेर मृत अवस्थामा फेला परेकी हुन् । घरदेखी दक्षिणतर्फ रहेको चुत्रोघारीडाँडा जंगलमा घाँस काट्न गएकी उनी फर्केर नआएपछि […]
शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव ५१ अङ्कले बढ्यो

हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार उच्च अङ्कले बढेर २ हजार ९०० को विन्दु पार गरेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव ५१ अङ्कले बढेर २ हजार ९ सय ३१ दशमलव ५५ विन्दुमा पुगेको हो । आज व्यापारबाहेक सबै समूहको शेयर बढ्दा लघुवित्तको शेयर ४ प्रतिशतभन्दा धेरैले उकालाे लागेकाे छ । […]
सुडानमा स्वास्थ्य संरचनामा आक्रमण कम्तीमा ६४ जनाको ज्यान गयो

सुडानको डार्फर क्षेत्रको एक अस्पतालमा भएको आक्रमणमा १३ बालबालिकासहित कम्तीमा ६४ जनाको ज्यान गएको छ । पूर्वी डार्फर राज्यको राजधानी अल–दाईनमा रहेको शिक्षण अस्पतालमा दुई महिला नर्स र एक पुरुष डाक्टरको पनि ज्यान गएको विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । आक्रमणपछि अस्पताल पूर्णरूपमा निष्क्रिय बनेको छ जसले […]