[t4b-ticker]

आज सार्वजनिक बिदा

बागमती प्रदेश सरकारले प्रदेश सरकारको कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। प्रदेश सरकारले भाषिक विविधता, मातृभाषाको संरक्षण तथा सरकारी कामकाजमा स्थानीय भाषाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाउँदै आएको जनाएको छ। आज बागमती […]

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

बागमती प्रदेश सरकारले प्रशासनिक संरचना मितव्ययी र प्रभावकारी बनाउन मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम १४ वटा मन्त्रालयलाई घटाएर ८ वटा कायम गर्ने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार उक्त निर्णय आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ। हालको बजेट कार्यान्वयन […]

सुनचाँदीको भाउमा गिरावट

नेपाली बजारमा आज सुन तथा चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ३ हजार ८०० रुपैयाँले घटेको हो। भाउ घटेसँगै आज छापावाल सुन तोलाको २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँ कायम रहेको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि […]

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

सरकारले सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा फेरि बढाएको छ । इन्धनको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक गाडीको भाडा बढाएको हो । बढेको भाडा आजदेखि नै लागू हुनेछ । विभागले अन्तरप्रदेश यात्रुवाहक गाडी, पहाडी बाटोमा सञ्चालन हुने र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा ५/५ प्रतिशतका दरले बढाएको छ । […]

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित पूर्व–पश्चिम राजमार्गमा भएको ट्रक दुर्घटनामा एक सहचालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पर्सा जिल्लाको पर्सागढी नगरपालिका–३, विरुवागुठी निवासी २३ वर्षीय फुलकान्त थारुको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो। प्रहरीका अनुसार ना.७ ख ७०१८ नम्बरको लहरी ट्रक थानाभर्‍याङमा रोकेर राखिएको अवस्थामा सहचालक थारु अगाडिको सिसा सफा गरिरहेका थिए। सोही […]

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

हेटौंडामा महिलाका लागि उद्दमशिलता तथा क्षमता विकास सम्बन्धि कार्यक्रम सुरु भएको छ । विकाशका लागि सहकार्य नेपालले सामाजिक विकास कार्यालय हेटौंडा ८ को सहयोगमा उद्घोषण, भाषणकला, माइन्युट तथा प्रस्तावना लेखन तालिमको आयोजना गरेको हो । महिलालाई उद्दमशिलता एवम् क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत १५ दिने तालिमको आयोजना गरिएको हो । विकाशका लागि सहकार्य नेपालका अध्यक्ष आनन्दराम […]

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

थापाथली बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा आज डोजर चलाइएको छ । बाक्लो संख्या प्रहरी परिचालन गरेर बिहान साढे ८ बजेदेखि डोजर चलाएर अनधिकृत संरचना हटाइएको हो । त्यहाँ बसोबास गर्दै आएका धेरैजसोले हिजो बेलुका नै बस्ती छाडेका थिए । कोहीले आज बिहान सरसामान निकालेका थिए । बिहान बस्तीमा डोजर चल्दा कुनै अवरोध भएन । कतिपय […]

आज राष्ट्रिय विभूति सीता जयन्ती मनाईंदै

राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाईंदैछ । हरेक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने सीता उत्पत्ति दिवसका दिन सीतालाई सम्मान गरी मनाउने गरिन्छ । सीतालाई जानकी, वैदेही, जनकनन्दिनी, मिथिला, जनकदुलारी विभिन्न नामले पुकारिन्छ । आदर्श नारी सीताको भूमिकाले सबै नारीलाई सम्मानित बनाएको धर्मशास्त्रविद् तोयराज नेपाल बताउनुहुन्छ […]

आईसीसी नेपालको लगातार दोस्रो जीत

आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवान्डालाई २ विकेटले हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ । रुवान्डाले दिएको ८९ रनको लक्ष्य नेपालले १९ ओभर ४ बलमा ८ विकेट गुमाएर भेटायो । नेपालकी सम्झना खड्काले ४८ रन बनाइन् । रुवान्डाकी जियोभानिस उवासेले ३ विकेट लिइन् । यसअघि रुवान्डा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको […]

मकवानपुरको मनहरी गाउँपालिकाबाटै करदाता सेवा सुरु

मकवानपुर जिल्लामा पहिलो पटक स्थानीय तहबाटै करदाता सेवा औपचारिक रूपमा सुरु गरिएको छ। मनहरी गाउँपालिकाले बुधबार एक कार्यक्रमका बीच व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) जारी गर्ने सहितका सेवा सञ्चालनमा ल्याएको हो। आन्तरिक राजस्व कार्यालय हेटौँडाका प्रमुख युक्तप्रसाद सुवेदी र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीबीच समझदारीपत्रमा हस्ताक्षर भएसँगै सेवाको औपचारिक सुरुवात गरिएको हो। […]