सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्तीमा पुराना विद्यार्थी, प्रधानाध्यापक र संस्थापकहरूलाई सम्मान गर्ने – स्वर्ण जयन्ती मूल आयोजक समितिका संयोजक विष्णु गोपाल महर्जन

हेटौडा उपमहानगरपालिका २ मा अवस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा विविध कार्यक्रम सहित स्वर्ण जयन्ती मनाउने भएको छ। पौष २४ गतेदेखि सुरु भएका कार्यक्रमहरु माघ ८ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ विसं २०२७ सालमा सिद्धार्थ प्राइमरी बोर्डिङ स्कुलका रुपमा स्थापना भएको यस विद्यालय २०३२ सालदेखि सिद्धार्थ प्राथमिक विद्यालयका […]
भीमफेदीमा महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने तयारी

मकवानपुरको भीमफेदी गाउँपालिकाले सामुदायिक तहमा स्वास्थ्य सेवा प्रदान गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने योजना अघि बढाएको छ। गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार हालसम्म ४८ जना महिला स्वयंसेविकालाई कोषमा आबद्ध गराउने प्रक्रिया सुरु भइसकेको छ। उनले भने, “पालिका भित्र आधारभूत स्वास्थ्य सेवा पुर्याइरहेका यी ४८ जना स्वयंसेविकालाई पालिकाले सहयोग गरेर […]
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडालाई ३० वटा मोटरसाइकल हस्तान्तरण

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकको शान्ति सुरक्षा सुनिश्चित गर्नु प्रदेश सरकारको प्राथमिकता र दायित्व भएको बताउनु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडालाई आज मोटरसाइकल हस्तान्तरण गर्दै मुख्यमन्त्री बानियाँले प्रदेशको सुरक्षा व्यवस्थालाई थप बलियो बनाउँदै नागरिकलाई पूर्ण रूपमा भयरहित वातावरणको प्रत्याभूति दिन सरकार कटिबद्ध रहेको बताउनुभएको हो। उहाँले शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रदेश […]
हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

संघीय सरकारअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन कार्यालय र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा निर्मित अत्याधुनिक पानी परीक्षण प्रयोगशाला हेटौंडामा सञ्चालनमा आएको छ। हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको कार्यालय परिसरभित्र निर्माण गरिएको प्रयोगशालाको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै मेयर लामाले सुरक्षित र गुणस्तरीय खानेपानी नागरिकको मौलिक […]
सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

हेटौँडा उपमहानगरपालिका–२ मा अवस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा विविध कार्यक्रमसहित स्वर्ण जयन्ती मनाउने भएको छ । पौष २४ गतेदेखि सुरु भएका कार्यक्रमहरू माघ ८ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत विद्यालयले ५० औँ स्वर्ण महोत्सवको तयारीबारे जानकारी दिएको हो । कार्यक्रम अन्तर्गत पौष […]
नेपाली कांग्रेसमा सहमतिका प्रयास

नेपाली कांग्रेसको संस्थापन र विशेष महाधिवेशन पक्षबीच सहमतिको प्रयास सुरु भएको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढेपछि संस्थापन पक्ष संवादमा आएको हो। विशेष महाधिवेशन पक्षधरले संस्थापन पक्षसँग वार्ताका लागि प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सम्मिलित समिति गठन गरेको छ। संस्थापन पक्षबाट उपसभापति […]
आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै

सुनचाँदीको भाउ आज बढेको छ । सुन आज एकैदिन तोलामा २ हजार ८ सय रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि पनि गएको पुस १३ गते सुनको भाउ तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ थियो । जुन अहिलेसम्मकै उच्च भाउ हो […]
प्रगति माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव आयोजना गर्ने

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मा अवस्थित प्रगति माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० औँ वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती महोत्सव आयोजना गर्ने भएको छ। आजदेखि माघ ९ गतेसम्म सञ्चालन हुने महोत्सवमा शैक्षिक, साहित्यिक, खेलकुद, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू समेटिएको विद्यालयले जनाएको छ। वि.सं. २०३२ सालमा स्थापना भएको यस विद्यालयले पाँच दशकको अवधिमा गुणस्तरीय शिक्षा, सामाजिक उत्तरदायित्व […]
केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई आसन्न निर्वाचनमा केन्द्रित हुन निर्देशन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई आसन्न निर्वाचनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ। पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनको वातावरण अझै पूर्ण रूपमा तयार नभए पनि तोकिएकै समयमा निर्वाचन हुनुपर्ने धारणा राख्नुभयो। अध्यक्ष ओलीले वर्तमान अवस्थामा नेताहरूमाथि लाञ्छना लगाउने, झुटा आरोप लगाउने र फसाउन खोज्ने […]
उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान घिसिङ नियुक्त

उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई पार्टीको अध्यक्षमा नियुक्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालसँग प्रस्तावित एकता प्रक्रिया भाँडिएपछि पार्टीले नयाँ नेतृत्व चयन गरेको हो। पार्टी प्रवक्ता डा. राजु थापाका अनुसार केन्द्रीय समितिको निर्णयअनुसार घिसिङलाई अध्यक्षको जिम्मेवारी दिइएको हो। यसअघि निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा उज्यालो नेपाल पार्टीको अध्यक्षमा अनुप उपाध्यायको नाम उल्लेख रहेको थियो। […]