[t4b-ticker]

सांसदहरूलाई मन्त्रायलमा खटाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसदहरूलाई मन्त्रायलमा खटाउने तयारी गरिएको छ । रास्वपाले विषयविज्ञता र भूगोलका आधारमा सांसदलाई सम्बन्धित मन्त्रालयमा खटाउने निर्णय गर्न लागेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा रास्वपाकी सहायक प्रवक्ता प्रतिभा रावलका अनुसार, मन्त्रालयको आकार हेरर सांसदहरूलाई मन्त्रालयमा खटाइनेछ ।

हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन ।

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् । २४ जेठ २०८१ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ३ वर्षका लागि नियुक्त भएका भण्डारीले कार्यकाल बाँकी छँदै ‘परिवर्तित राजनीतिक परिस्थिति’ लाई मुख्य कारण देखाउदै राजीनामा दिएका हुन् । राजीनामा पत्रमा भण्डारीले आफ्नो कार्यकालमा […]

विद्यालयहरुले ५ कक्षा सम्म आन्तरिक परीक्षा लिन नपाउने

अब कक्षा ५ सम्मका विद्यार्थीको परीक्षा नहुने भएको छ। विद्यालयहरुले ५ कक्षा सम्म आन्तरिक परीक्षा लिन नपाउने भएपछि कलिला विद्यार्थीहरुलाई परीक्षाका नाममा विद्यालयले दिने गरेको तनाब अब नहुने भएको हो । बालेन सरकारले ल्याएको यो नियमसँगै अब विद्यालयहरुले स-साना विद्यार्थीहरुको परीक्षाका नाममा असुल्दै आएको मोटो रकमको बिजनेश पनि बन्द हुने भएको हो । बालेन सरकारले […]

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध श्रीमती राधिका शाक्यद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी छन् । आइतबार शाक्यले ओलीलाई गैरकानुनी रुपमा थुनामा राखेको जिकीर गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दिएको र दर्ता हुँदै सोमबार पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए । उनले अदालतबाट पक्राउ अनुमति समेत नलिएको र जरुरी पक्राउ पुर्जी जारी गरिएको कार्य असंवैधानिक भएको […]

नेकपा एमालेको आज पनि विभिन्न जिल्लामा प्रदर्शन

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा नेकपा एमालेले आज पनि विभिन्न जिल्लामा प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार जिल्ला कमिटीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउनुका साथै नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् । ज्ञापनपत्र बुझाउन जाने क्रममा धेरै जिल्लामा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेलसमेत भएको छ । एमालेको प्रदर्शनका कारण काठमाण्डाैको माइतीघर–बबरमहल सडकमा अवरोध […]

बकैयामा अवैध चुनढुंगा उत्खनन : पाँच जनाविरुद्ध वन मुद्दा, दुई फरार

 मकवानपुरको बकैया गाउँपालिकामा अवैध चुनढुंगा उत्खनन प्रकरणमा डिभिजन वन कार्यालय मकवानपुरले पाँच जनालाई दोषी किटान गर्दै वन मुद्दा लगाएको छ । चुनढुंगा उत्खननका लागि राष्ट्रिय वन क्षेत्र मासेर सडक खनिएको र सडक खन्दा निस्कएको माटोले बोटबिरुवा मासिएको सब डिभिजन वन कार्यालय बकैयाको स्थलगत जाँचबुझ अनुसन्धानबाट पुष्टि भएपछि पाँच जनालाई प्रतिवादी बनाएर वन मुद्दा चलाइएको हो […]

छिनछिनमा बिजुली आपूर्ति अवरुद्ध हुने समस्यामा सुधारकाे प्रयासमा : प्राधिकरण

छिनछिनमा विद्युत् जाने अर्थात् ‘ट्रिपिङ’ र विद्युत् रोकावट हुने समस्यामा सुधार आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार अघिल्लो वर्षको साउनदेखि फागुन मसान्तसम्मको तुलनामा यस वर्षको त्यही अवधिमा ट्रिपिङको सङ्ख्या १८ प्रतिशत र अवरोधको समय ३३ प्रतिशतले घटेको हो । प्राधिकरणका अनुसार देशभर गरी अघिल्लो आर्थिक वर्ष ६८७ पटक ट्रिपिङ भएकोमा यस वर्षको त्यही […]

नवनिर्वाचित सांसदहरुको पद तथा गोपनीयताको शपथ हुँदै

आज प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ हुँदैछ । दिउँसो २ बजे हुने शपथका लागि सबै तयारी पूरा भएको छ । सांसदहरुलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम तय भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले हिजो ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । प्रतिनिधिसभा सदस्यको पद तथा […]

सर्वोच्चको फैसला नआएपनि लामिछानेलाई शपथ खुवाउने तयारी

सांसदको शपथको दिन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हकमा के हुन्छ भन्ने जिज्ञासा सर्वत्र छ । लामिछानेविरूद्व रहेको सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्वीकरणको मुद्दा विचाराधीन छ । संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध मुद्दा परेकोमा हेर्दाहेर्दैमा रहेको छ । आज पनि सुनुवाई भएकोमा नसकिएपछि शपथकै […]

१७१ किलो गाँजासहित एकजना पक्राउ

मकवानपुरको मनहरी गाउँपालिका ९ स्थित हरियाली सामुदायिक जंगलभित्रको बाटोबाट प्रहरीले १७१ किलो अवैध लागूऔषध गाँजासहित हात्ती गाडी र एकजनालाई पक्रेको छ । राक्सिराङ गाउँपालिका १ स्थित भाबरबाट मनहरी ९ खरंगा हुँदै पूर्वपश्चिम राजमार्ग तर्फ आइरहेको हात्ती गाडीलाई प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको हो । बा.१३ च २०१४ नम्बरको हात्ती गाडीलाई शंकाको आधारमा चेकिङ गर्दा गाडीको पछाडी […]