बागमती प्रदेशबाट राष्ट्रिय सभामा गीता देवकोटा र डा. प्रेमप्रसाद दंगाल निर्वाचित

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशबाट दुई जना उम्मेदवार निर्वाचित भएका छन्। महिला क्लस्टरतर्फ नेपाली कांग्रेसकी गीता देवकोटा र अन्य क्लस्टरतर्फ डा. प्रेमप्रसाद दंगाल विजयी भएका हुन्। नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका देवकोटा र दंगालले नेकपाका उम्मेदवारलाई पराजित गर्दै राष्ट्रिय सभामा स्थान सुरक्षित गरेका हुन्। महिला क्लस्टरतर्फ देवकोटाले ६ हजार २३९ मत प्राप्त […]
आज राष्ट्रियसभाको निर्वाचन हुँदै

राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुँदैछ। निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् भने बाँकी १७ पदका लागि […]
महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालको पहिलो जीत

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले पहिलो जीत हासिल गरेको छ । कीर्तिपुरको त्रिवि मैदानमा आज भएको खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले हरायो । जिम्बावेले दिएको १ सय ३० रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालकी पूजा महतोले ५२ रन बनाइन् । जिम्बावेकी जोसेफिन एनकोमोले २ विकेट […]
मकवानपुरमा ४४ उम्मेदवार चुनावी मैदानमा, खर्चको सीमा ३३ लाख तोकियो

मकवानपुर जिल्लाका दुई निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि जम्मा ४४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। निर्वाचन क्षेत्र नम्बर–१ मा २३ जना उम्मेदवार रहेका छन्। तीमध्ये विभिन्न राजनीतिक दलबाट १३ जना र १० जना स्वतन्त्र उम्मेदवार रहेका छन्। यस्तै, निर्वाचन क्षेत्र नम्बर–२ मा कुल २१ जना उम्मेदवार मैदानमा छन्, जसमा १६ […]
उम्मेदवारको बैंक खाता छुट्टै खोल्न राष्ट्र बैंकलाई आयोगको पत्र

उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्न छुट्टै बैंक खाता खोल्नुपर्ने निर्वाचन आयोगको निर्देशन छ । तथापी यो निर्देशन पालना हुनेमा सर्बत्र आसंका गरिएको छ । निर्वाचन आयोगले एक उमेद्वारले बढीमा ३५ लाख रुपैयाँ मात्रै खर्च गर्न पाउने व्यबस्था पनि अघि सारेको छ । आयोगका अनुसार यी नीतिगत नियमहरु कार्यान्वयन गर्न अयोग प्रतिबद्ध रहने छ । प्रतिनिधि सभा […]
‘सिन्दुरे जात्रा’मा विजय बराल र अञ्जना बराइली अनुबन्ध

सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘सिन्दुरे जात्रा’ ले निर्माणको सुरुआती चरणमै चर्चा पाउन थालेको छ। सरस्वती पूजाको शुभ अवसर पारेर निर्माणपक्षले चलचित्रका मुख्य दुई कलाकारको औपचारिक अनुबन्ध गरेको छ। चलचित्रमा अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली मुख्य भूमिकामा अनुबन्ध भएका छन्। यी दुई कलाकारको यो सहकार्य ब्लकबस्टर निर्देशक सरोज पौडेलसँग दोस्रो […]
प्राधिकरणको लापरबाहीले करेन्ट लागेर एकजनाको मृत्यु

हेटौंडा–१७ सानोगङ्गटेमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । विद्युतको ट्रान्समिटरमा काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका ५ बसन्तपुर बस्ने अन्दाजी २७ वर्षका निरज भन्ने आदर्श भट्टराई रहेका छन् । करेन्ट लागेर गम्भीर घाईते भएका भट्टराईको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले […]
हेटौँडा–१० मा नृत्य प्रतियोगितासहित तेस्रो घरेलु उत्पादन प्रवर्द्धन मेला हुने

हेटौँडा उपमहानगरपालिका–१० नम्बर वडा कार्यालयको आयोजनामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता आउँदो १६ र १७ गते दुई दिन सञ्चालन हुने भएको छ। हेटौँडाका १९ वटै वडाको सहभागितामा हुने मेलामा घरेलु उत्पादनको प्रदर्शनी, कृषि सामग्री, स्थानीय पर्यटन तथा खानाका स्टल, सांगीतिक प्रस्तुति र नृत्य प्रतियोगिता समावेश रहनेछ। वडाध्यक्ष फूर्वा दोर्जे तामाङका अनुसार साना […]
हात्तिलेटमा मतदातासंग भने ‘जुँगा समात्ने कि पेटिकोट, तपाइहरुको विचार’

मकवानपुरबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपकबहादुर सिंहले महिला उम्मेदवारप्रति अपमानित शब्द प्रयोग गरेका छन् । क्षेत्र नम्बर १ बाट राप्रपाको तर्फबाट उम्मेदवार बनेका उनले ‘जुँगा समात्ने कि पेटिकोट, तपाइहरुको विचार’ भन्ने अभिव्यक्ति दिएका हुन् । मतदाता भेट्ने क्रममा बिहीबार बिहान हेटौंडा ६ स्थित हात्तिलेट पुगेका उनले यस्तो अभिव्यक्ती दिएर हिँडेका हुन् । नेपाली कांग्रेसबाट यसै क्षेत्रमा […]
निर्वाचन आयोगद्वारा चुनावलक्षित आचारसंहिता कार्यान्वयन, सामाजिक सञ्जाल र एआई प्रयोगमा कडाइ

निर्वाचन आयोगले सर्वसाधारण मतदाता, उम्मेदवार, कर्मचारी तथा राजनीतिक दलसहित सबै पक्षलाई लक्षित गर्दै आइतबार रातिदेखि निर्वाचन आचारसंहिता कार्यान्वयनमा ल्याएको छ । प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ता हुनुभन्दा दुई दिन अघि नै आयोगले आचारसंहिता लागू गरेको हो । निर्वाचनका क्रममा विशेषगरी सामाजिक सञ्जालमार्फत हुन सक्ने गलत गतिविधि नियन्त्रण गर्न आचारसंहिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोगले लिएको छ […]