[t4b-ticker]

५ जना उम्मेदवारविरुद्ध उजुरी, निर्वाचन आयोगको छानबिन गरि आज बेलुकी निर्णय गरिने

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीमाथि निर्वाचन आयोगले छानबिन गरिरहेको छ । आयोगका अनुसार आज बेलुकी ५ बजेसम्म उजुरीमाथि निर्णय गरिनेछ । निर्वाचन आयोगको कार्यसूचीअनुसार आजै बेलुकी ५ बजेदेखि ७ बजेसम्म योग्य ठहर भएका उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । यस्तै, भोलि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म […]

निर्वाचनका कारण बजारमा ५० अर्बभन्दा बढी रकम प्रवाह हुने अनुमान

फागुन २१ मा हुने निर्वाचनले सुस्त बन्दै गएको मुलुकको अर्थतन्त्रलाई केही हदसम्म चलायमान बनाउने अपेक्षा गरिएको छ । सरकार, राजनीतिक दल तथा उम्मेदवारको प्रत्यक्ष र अप्रत्यक्ष खर्चका कारण निर्वाचन अवधिमा करिब ५० अर्ब रुपैयाँभन्दा बढी रकम बजारमा प्रवाह हुने प्रारम्भिक अनुमान गरिएको छ । उम्मेदवारी मनोनयन र चुनावी प्रचार–प्रसार सुरु भएसँगै देशका प्रमुख शहर तथा […]

मकवानपुरमा उम्मेदवारी दर्ता गरेसँगै चुनावी रौनक सुरु

मकवानपुरमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएसँगै चुनावी रौनक सुरु भएको छ । दलहरू तोकिएको समयअनुसार दलबलसहित हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । मकवानपुर निर्वाचन क्षेत्र–१ मा २३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । जसमा १३ जना दलीय र १० जना स्वतन्त्र उम्मेदवार […]

हाँडीखोलामा २१० को आँखा जाँच्दा १८ मा मोतिबिन्दु

मकवानपुरको मनहरी गाउँपालिकास्थित हाँडीखोलामा बुधबार निशुल्क आँखा शिविर भएको छ । २१० जनाको आँखा जाँच गर्दा १८ जनामा मोतिबिन्दु फेला परेको छ । रोटरी क्लव अफ काठमाडौ मिडटाउन र हेटौंडा सामुदायिक आँखा अस्पतालको आयोजनामा भएको कार्यक्रममा स्थानीय आयोजकको रुपमा मनहरी गाउँपालिका ३ नम्बर वडा कार्यालय र चैनपुर जेसीज मनहरी रहेको थियो । मनहरी गाउँपालिकाको सभाहलमा […]

मकवानपुरमा कांग्रेस, एमाले र नेकपाका उम्मेदवार

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा प्रमुख दलहरूले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले आ–आफ्ना उम्मेदवार अघि सार्दै चुनावी प्रतिस्पर्धा तीव्र बनेको छ। नेपाली कांग्रेसले मकवानपुर–१ बाट पूर्व सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र मकवानपुर–२ बाट पार्टी सभापति बुद्ध लामालाई उम्मेदवार बनाएको छ। कांग्रेसले यसपटक जनजाति […]

सरस्वती माताको स्तुतिमा ‘विद्याकी देवी सरस्वती माता’ भजन सार्वजनिक

गायक तथा गीतकार कपिल कसपालको शब्द र संचारमा तयार गरिएको सरस्वती माताको स्तुतिगानमा आधारित भजन ‘विद्याकी देवी सरस्वती माता’ आइतबार भक्तपुरमा एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको छ। भक्तपुरमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको प्रमुख आतिथ्यतामा भजनको अडियो–भिडियो सार्वजनिक गरिएको हो। कार्यक्रममा भक्तपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छें विशेष अतिथिका […]

सञ्चारमन्त्री जगदीश खरेलद्वारा राजीनामा

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले आज प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा बुझाएका हुन्। उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउने भएको छ। कार्की नेतृत्वको मन्त्रिपरिषद्‌बाट यसअघि ऊर्जामन्त्री रहेका कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पनि पदबाट राजीनामा दिइसकेका छन्।

सिद्धार्थ माविको स्वर्ण महोत्सव अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यामिक विद्यालय विद्यालय स्थापनाको स्वर्ण महोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । महोत्सवको दोस्रो दिन शनिबार विद्यालय परिसरमा रक्त दान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा विद्यार्थी, शिक्षक, पूर्व विद्यार्थी सशस्त्र प्रहरीका गरी २८ जना रक्तदाताले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । स्वर्ण महोत्सवको […]

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

निर्वाचन आयोगले नेपाली कांग्रेसका तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा सम्पन्न विशेष महाधिवेशनलाई वैध ठहर गर्दै गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता दिएको छ। शुक्रबार बसेको आयोगको बैठकले बहुमतका आधारमा निर्णय गर्दै विशेष महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिलाई वैधानिकता दिएको हो। आयोगले यसअघि सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिलाई हटाउने निर्णयसमेत गरेको छ। […]

नगरस्तरीय छात्र भलिबल प्रतियोगिता हेटौँडामा सुरु

शिक्षा, स्वास्थ्य र खेलकुदलाई पहिलो प्राथमिकतामा राख्ने उद्देश्यसहित हेटौँडा उपमहानगरपालिकामा सञ्चालन भइरहेको तेस्रो वडास्तरीय खेलकुद महोत्सव–२०८२ अन्तर्गत नगरस्तरीय छात्र भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको शुक्रबार हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गर्नुभएको हो। आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, हेटौँडा–४ को परिसरमा भइरहेको प्रतियोगितामा नगरभित्रका १४ वटा विद्यालयका टिमहरू सहभागी छन्। हेटौँडा उपमहानगरपालिका वडा नं. […]