बीउ व्यवसायी संघ र विषादी व्यवसायी संघको साधारण सभा सम्पन्न

नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुरको ११औं वार्षिक साधारण सभा र विषादी व्यवसायी संघ नेपाल जिल्ला समन्वय समिति मकवानपुरको दोस्रो वार्षिक साधारण सभा हेटौंडामा सम्पन्न भएको छ । शनिवार नेपाल बीउ व्यवसायी संघ मकवानपुर जिल्लाका अध्यक्ष कृष्णकाजी प्रधानको सभाध्यक्षतामा र कृषि विकास कार्यालय भरतपुरका प्रमुख झलकनाथ कंडेलको प्रमुख आतिथ्यतामा यो कार्यक्रम सम्पन्न भएको […]
सिद्धार्थ माविको स्वर्ण महोत्सवमा ९५० विद्यार्थीको आँखा परीक्षण

हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयले स्थापनाको ५०औँ वर्ष पूरा गरेको अवसरमा स्वर्ण महोत्सव विविध कार्यक्रमसहित मनाउन सुरु गरेको छ। स्वर्ण महोत्सवको अवसरमा विद्यालय परिसरमा बिहीबार र शुक्रबार आयोजना गरिएको निःशुल्क आँखा शिविरमा कूल ९५० जना विद्यार्थीको आँखा परीक्षण गरिएको विद्यालयले जनाएको छ। शिविरको पहिलो दिन मात्रै ५२१ जना विद्यार्थीको आँखा जाँच गरिएको थियो। विद्यालयका […]
मुख्यमन्त्री बानियाँद्वारा १९औँ हिउँदे अधिवेशनको शुभारम्भ

मकवानपुरको राक्सिराङ गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको बुधबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गाउँपालिकाको १९औँ हिउँदे अधिवेशन उद्घाटनसँगै उक्त भवनको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले दोस्रो जनआन्दोलनपछि प्राप्त संघीय व्यवस्थाले राक्सिराङजस्ता दुर्गम गाउँपालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे। उनले संघीयताका कारण स्थानीय तहमा […]
हेटौँडामा बहुउद्देश्यीय सार्वजनिक खेल मैदान निर्माण हुँदै

मकवानपुरको हेटौँडामा नयाँ सार्वजनिक खेल मैदान निर्माणको तयारी सुरु गरिएको छ। हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको पूर्वी क्षेत्रमा बहुउद्देश्यीय खेल मैदान निर्माण गर्न लागिएको हो। उक्त मैदानमा फुटबल, भलिबल, क्रिकेट, बास्केटबललगायत विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्न सकिनेछ। साथै, सार्वजनिक कार्यक्रम, सामुदायिक जमघट तथा नियमित व्यायामका लागि समेत प्रयोग गर्न मिल्ने बहुउद्देश्यीय संरचनाका रूपमा मैदान […]
बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि विभिन्न दलका उम्मेदवारको मनोनयन दर्ता

आगामी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।नेकपा (एमाले) का तर्फबाट प्रेम दंगालले निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका उनले कांग्रेसको समर्थनमा विनु रायमाझी प्रस्तावक र हिदम लामाको समर्थनमा मनोनयन दर्ता गरेका हुन्भने नेपाली कांग्रेसकी गीता देवकोटाले पनि बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता […]
कैलाश गाउँपालिकामा अपाङ्गता परियोजनाको सामाजिक परीक्षण तथा परियोजना हस्तान्तरण

सुन्दरढोका साथी सेवाले मकवानपुरको कैलाश गाउँपालिकामा तीन वर्षदेखि सञ्चालन गर्दै आएको अपाङ्गता सम्बन्धी परियोजनाको सामाजिक परीक्षण सम्पन्न गरी परियोजना हस्तान्तरण गरेको छ। मंगलबार आयोजित कार्यक्रममा संस्थाकी कार्यकारी निर्देशक विजता अधिकारीले सामाजिक परीक्षणको प्रतिवेदन गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानलाई हस्तान्तरण गरिन्। अध्यक्ष मुक्तानले परियोजनाले अपाङ्गता र जीविकोपार्जन क्षेत्रमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई स्थानीय सरकारले […]
बोक्सीको घर’को टिमले घोषणा गर्यो नयाँ चलचित्र ‘पेट्रोल पम्प’

गत वर्ष नेपाली सिनेमा उद्योगलाई ब्लकबस्टर फिल्म ‘बोक्सीको घर’ दिएको टिम पुनः नयाँ चलचित्र निर्माणमा जुटेको छ । अभिनेत्री तथा निर्माता केकी अधिकारी र निर्देशक सुलक्षण भारतीले नयाँ सामाजिक ड्रामा चलचित्र ‘पेट्रोल पम्प’ निर्माणको औपचारिक घोषणा गरेका हुन् । ‘बोक्सीको घर’ रिलिजका क्रममा पुनः सहकार्य गर्ने प्रतिबद्धता जनाएका केकी र सुलक्षणको सहकार्य अब ‘पेट्रोल पम्प’मार्फत […]
मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको ३१औँ वार्षिक साधारणसभा सम्पन्न

मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको ३१औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। संघका अध्यक्ष हरि प्रसाद कडेलको सभाध्यक्षतामा हेटौंडा उपमहानगरपालिका–१, चौकीटोलमा सम्पन्न साधारणसभा भीमफेदी गाउँपालिका–१ मा अवस्थित संघअन्तर्गत सञ्चालनमा रहेको उद्योग परिसरमा आयोजना गरिएको थियो। साधारणसभामा उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको छ। जसअन्तर्गत सबैभन्दा धेरै दुग्ध बिक्री गर्ने ३ […]
चाडपर्व लक्षित बम्पर उपहार योजनाको नतिजा सार्वजनिक, स्कुटर अस्मिता मोक्तानलाई

मोबाइल एसोसिएसन अफ नेपाल, मकवानपुरले चाडपर्व लक्षित बम्पर उपहार योजनाअन्तर्गत आयोजना गरेको नतिजा सार्वजनिक कार्यक्रम आज सम्पन्न भएको छ। हेटौंडास्थित रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा योजनाका विजेताहरू सार्वजनिक गरिएको हो। २0८२ साल भदौ ५ गतेदेखि पुष १६ गतेसम्म सञ्चालन गरिएको उक्त योजनाअन्तर्गत मकवानपुर जिल्लाभरका जुनसुकै मोबाइल पसलबाट मोबाइल तथा मोबाइलसम्बन्धी सामग्री खरिद गर्ने ग्राहकलाई कुपन […]
रोट्रयाक्ट क्लब अफ मकवानपुरको अध्यक्षमा सुजन राई

हेटौँडा । रोट्रयाक्ट क्लब अफ मकवानपुरको अध्यक्षमा सुजन राई पदस्थापित हुनुभएको छ । मंगलबार एक समारोहका बीच राईलाई वर्ष २०२६/२७ का लागि अध्यक्ष पदमा पदस्थापन गरिएको हो । सचिवमा रविना घिमिरे र कोषाध्यक्षमा मनोज राई चयन हुनुभएको छ। क्लबका अनुसार अन्य महत्वपूर्ण पदहरूमा पदाधिकारीहरू पदस्थापन समारोह अगावै चयन गरी जिम्मेवारी बाँडफाँड गरिनेछ। रोट्रयाक्ट क्लब अफ […]