बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउनेमा ३ महिला र १ पुरुष रहेका प्रहरीले जनाएकाे छ । आज सुपादेउराली मन्दिर दर्शन गरेर फर्किँदै गरेका पर्वतका यात्रु सवार बस पाणिनी गाउँपालिका–८ दुर्गाफाँटमा रहेकाे कुडेलेमा दुर्घटना भएको थियो । ध १ ख ५०४ नम्बरको बस दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक […]
आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले ३९ ओभरमा २२१ रनको लक्ष्य पाएको थियो । नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २१८ रनमात्र बनाउन सक्यो । नेपालका गुल्शन झाले नटआउट ६१, दीपेन्द्रसिंह ऐरीले ५५ रन बनाए । स्कटल्यान्डका […]
मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

मकवानपुरगढी गाउँपालिका–२ ताल्चेमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु गरिएको छ । सामुदायिक महिला विकास केन्द्र मकवानपुरको आयोजना तथा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिमको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा मकवानपुरगढी गाउँपालिका–२ का वडा अध्यक्ष बखानसिं पाख्रिन सहभागी रहेका थिए । कार्यक्रममा बोल्दै उनले आधुनिक तथा […]
महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलाको आर्थिक सशक्तीकरण र स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यसहित हेटाैडामा १५ दिने उद्यमशीलता क्षमता सीप विकाससम्बन्धी बुनाइ तालिम सुरु गरिएको छ । सामुदायिक महिला विकास केन्द्र मकवानपुरको आयोजना तथा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालन भएको तालिम वैशाख २७ गतेदेखि जेठ १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । तालिममा २५ जना महिलाको […]
नीति तथा बजेट निर्माणमा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सञ्चालनमा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा आम नागरिकको सहभागिता बढाउने उद्देश्यले ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ । आगामी सोमबार सार्वजनिक हुने सरकारको नीति तथा कार्यक्रममा जनताका आवश्यकता, अपेक्षा र प्राथमिकतालाई समेट्दै शासन प्रणालीलाई थप पारदर्शी, उत्तरदायी तथा जनमुखी बनाउने लक्ष्यसहित उक्त डिजिटल प्लेटफर्म सुरु गरिएको हो । […]
हेटौँडामा ट्रायम्फ मोटरसाइकल्सको आधिकारिक शोरुम सञ्चालनमा

हेटौँडा – विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फ मोटरसाइकल्सको आधिकारिक शोरुम ‘मोटो हब प्रालि’ हेटौँडामा सञ्चालनमा आएको छ । कम्पनीले शनिबार पत्रकार सम्मेलन गर्दै वैशाख २७ गतेदेखि हेटौँडामा ट्रायम्फ मोटरसाइकलको बिक्री तथा सेवा औपचारिक रूपमा सुरु भएको जानकारी दिएको हो । कम्पनीका प्रतिनिधि रवि कँडेल शर्माले ४०० सिसी क्षमताको ट्रायम्फ मोटरसाइकल धेरैले सोचेजस्तो अत्यधिक महँगो नभएको बताएका […]
नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिका संयोजक डा. गुणाकर भट्टद्धारा राजीनामा

नेपाल धितोपत्र बोर्ड को अध्यक्ष छनोट समितिका संयोजक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्। छनोट प्रक्रियामा स्वार्थको द्धन्द्ध उत्पन्न हुन सक्ने अवस्था देखिएपछि उनले नैतिकताको आधारमा जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन्। उनले बुधबार नै आफ्नो राजीनामापत्र अर्थ मन्त्रालय मा बुझाइसकेका छन्। अर्थ मन्त्रालयमार्फत आह्वान गरिएको नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदका लागि ४७ जनाको […]
आज सार्वजनिक बिदा

बागमती प्रदेश सरकारले प्रदेश सरकारको कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। प्रदेश सरकारले भाषिक विविधता, मातृभाषाको संरक्षण तथा सरकारी कामकाजमा स्थानीय भाषाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाउँदै आएको जनाएको छ। आज बागमती […]
बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

बागमती प्रदेश सरकारले प्रशासनिक संरचना मितव्ययी र प्रभावकारी बनाउन मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम १४ वटा मन्त्रालयलाई घटाएर ८ वटा कायम गर्ने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार उक्त निर्णय आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ। हालको बजेट कार्यान्वयन […]
सुनचाँदीको भाउमा गिरावट

नेपाली बजारमा आज सुन तथा चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ३ हजार ८०० रुपैयाँले घटेको हो। भाउ घटेसँगै आज छापावाल सुन तोलाको २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँ कायम रहेको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि […]