श्री निर्मल माविको पाँच दिने कार्यक्रमसहित स्वर्ण महोत्सव आयोजना

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित श्री निर्मल माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण महोत्सव तथा ५०औँ वार्षिक उत्सव भव्य रूपमा मनाउने भएको छ। विद्यालयले आज हेटौंडा–२ स्थित पल्पसा प्यारासाइट सदनमा पत्रकार सम्मेलन आयोजना गरी स्वर्ण महोत्सवबारे औपचारिक जानकारी गराएको हो। पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक प्रबोध बिडारीले पाँच दिने कार्यक्रमसहित महोत्सव आयोजना गर्न […]
परान’ ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाउदै आश्रममा न्यानो कपडा वितरण

सुपरहिट फिल्म ‘परान’ ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको छ । यस अवसरमा फिल्मले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा अनाथ आश्रममा न्यानो कपडा वितरण गर्यो । फिल्मले ३ पुस, बिहीबारसम्म (प्रदर्शनको ४९ औं दिन) सिनेपाः बक्सअफिसमा १७ करोड ५५ लाख ३४ हजार ५३० नेरु ग्रस कमाएको छ । फिल्मले ‘छक्कापञ्जा ४’ र ‘जारी’ को कमाइलाई उछिनेको […]
कृष्णप्रसाद यादवले लिए विश्वासको मत

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा उपस्थित ९२ सांसदले नै उनको पक्षमा मतदान गरेका हुन् । बहुमतका लागि ५४ मत मात्र आवश्यक रहे पनि उनको पक्षमा शतप्रतिशत सांसदले विश्वासको मत दिए । नेपाली कांग्रेसका यादवलाई एमाले, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेपाली कम्युनिष्ट पार्टी, नेपाल […]
कटुवा पेस्तोलसहित एक युवा पक्राउ

आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक जना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–१ का १९ वर्षीय ओमबाबु प्रसाद यादव रहेका छन्। प्रहरीले सवारीसाधन रोकी जाँच गर्ने क्रममा यादव कटुवा पेस्तोलसहित फेला परेका हुन्। यादव बाराको कलैयाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख २७५ नम्बरको बसमा सवार थिए। उनलाई नियन्त्रणमा […]
मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिने

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले आज दिउँसो ४ बजे मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन । मंसिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेता रहेका यादव ७ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेपालको संविधानको […]
दिब्यतारा बहुउद्देश्यीय सहकारीद्वारा ऋणी सदस्यलाई ३५ दिने सार्वजनिक सूचना

दिब्यतारा बहुउद्देश्यीय सहकारी संस्था लि. हेटौंडा–२, पल्पसारोड, मकवानपुरले कर्जा चुक्ता नगर्ने ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । दिब्यतारा बहुउद्देश्यीय सहकारी संस्थाबाट कर्जा सुविधा उपभोग गरी सहकारीलाई तिर्नुपर्ने साँवा ब्याजसमेत नतिरेपछि सहकारीले लिखित तथा मौखिक रुपमा तारकेता गर्दा समेत कर्जा चुक्ता नगरेपछि ३५ दिने म्यादसहित कर्जा चुक्ता गर्न आउन आग्रह गरेको छ […]
सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढ्यो ।

सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ । आज सुन सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ५९ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५९ हजार रुपैयाँ थियो । अस्ति सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च दुई लाख ६० हजार ६ […]
साथीले बोकेको भरुवा बन्दुक पड्किँदा एकजनाको मृत्यु

मकवानपुरको मनहरीमा साथीले बोकेको भरुवा बन्दुक पड्किँदा आइतबार राति एक जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका–६ वालभञ्ज्याङका ५० वर्षीय सेते थिङको साथीले बोकेको भरुवा बन्दुक पड्किँदा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो । यहाँको सिस्नेरीपखेरा जंगलमा राक्सिराङ गाउँपालिका–८ राजराङका ४५ वर्षीय गोपाल ब्लोन भरुवा बन्दुक बोकेर अगाडि–अगाडि हिँडिरहेका थिए भने सेते पछाडि–पछाडि हिँडिरहेका थिए […]
घर भत्काउने क्रममा तीन जना घाइते

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ पिपलबोटस्थित उद्योग वाणिज्य संघ अगाडि रहेको एक घर भत्काउने क्रममा तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार मिति २०८२ मंसिर २८ गते अपराह्न करिब ३:५० बजे बिकी जैसवालको घर आफैंले कामदार लगाई भत्काउने क्रममा दुर्घटना भएको हो। घर भत्काउने क्रममा काम गरिरहेका तीन जना मजदुर घाइते भएपछि स्थानीयको सहयोगमा प्रहरीले […]
रोहितकुमार पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी

लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । लुम्बिनीलाई एनपीएलको दोस्रो संस्करणको च्याम्पियन बनाउँदा अलराउन्ड प्रदर्शन गरेका रोहित प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएका हुन् । उनले प्रतियोगिताका १० खेलमा बलिङतर्फ १० विकेट र ब्याटिङतर्फ २६७ रन बनाएका छन् । रोहितले एक थान ओमोडा–जेइको जे–५ कार पाए । यस्तै, […]